हेटौँडा १२ र १४ मा लोकतान्त्रिक गठबन्धनको चुनाबी सभा

तु खबर संवाददाता
२०७४ मंसिर १८, सोमबार १४:३८

मकवानपुर, १८ मंसिर । लोकतान्त्रिक गठबन्धनले हेटौँडा १२ र १४ मा चुनावी सभा गरेको छ । आईतबार हेटौँडा–१४ मयुरधाप र हेटौँडा १२ पदमपोखरीमा चुनाबी सभा सम्पन्न गरिएको हो ।

लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यता तथा मकवानपुर क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार अशोक शाक्यको आतिथ्यतामा चुनाबी सभा भएको हो । सभामा काँग्रेसकी समानुपातिक उम्मेदवार पवित्रा विक, लक्ष्मी श्रेष्ठ, राप्रपाका समानुपातिक उम्मेदवार दिपक सिंह लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*