मातृ शोकमा परेका मैनालीको यस्तो छ जनताप्रति चिन्ता

तु खबर संवाददाता
२०७४ मंसिर १७, आईतवार २०:२६
फाईल फोटो

मकवानपुर १७ मसिंर । नयाँ शक्ति पार्टी मकवानपुरका प्रदेशसभा क्षेत्र नम्वर १ (ख) का उम्मेदवार राजन मैनालीले आमाको असमायीक निधनको कारण आफु चुनाव प्रचारको क्रममा जनताको घर दैलोमा पुग्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
तु खबर संग कुराकानी गर्दै मैनालीले आफु जनताको घरदैलोमा पुग्न नसकेपनि जनताले नयाँ शक्तिको सिद्धान्त र विचारको आत्मसाथ गरी आफुलाई मतदान गर्ने कुरामा विवस्थ रहेको बताएका छन् ।
उनले भने “म मातृ शोकमा छु , निर्वाचन सम्मनै बाहिर निस्कन मिल्दैन ,तर जनताभन्दा टाढा छैन । ” उनले आफु लामो समय देखि समाज सेवाकै काममा सक्रिय भएकोले आगामी दिनहरुमा समेत निर्वाचनको परिणामलाई वास्ता नगरी समाज सेवामा लाग्ने बताए ।
उनले आफुले निर्वाचन जितेको खण्डमा युवा स्वरोजगारको लागि आफुले डटेर लाग्ने सोच बनाएको समेत तु खबरलाई जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*