कालीकोटका प्रदेशमा वाम गठबन्धन विजयी

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार ०८:१९

कालीकोट, २३ मंसिर (रासस) : एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लाका प्रदेश (क)र (ख)मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा कबाट नेकपा (एमाले)का कुर्मराज शाही ११ हजार ९३५ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकराज शाहीले चार हजार ७८९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी प्रदेशसभा(ख)मा नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही १२ हजार १५३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँगे्रेसका कालीबहादुर सहकारीले नौ हजार ३४२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी शिवाकोटीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा तर्फको मतगणनानुसार माओवादी केन्द्रका दुर्गबहादुर रावतले १४ हजार ३८ मतले अग्रता कायम गर्नुभएको छ भने काँग्रेसका भूपेन्द्रजंग शाहीले ११ हजार ४६ मत ल्याई उहाँलाई पछ्याइरहनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*