कृष्ण दाहाललाई भेट्न कमल थापालाई हम्मे

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार १८:०१

मकवानपुर । बाम गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधिसभा १ का उम्मेदवार कृष्ण दाहालले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कमल थापालाई लगातारजसो पछाडि पारिरहेका छन् । भर्खरै माइकबाट घोषणा गरिएको परिणाम अनुसार, कृष्ण दाहालले २४ हजार ६ सय मत सहित अघि छन् । उनलाई पछ्याइरहेका कमल थापाले १९ हजार ९ सय ९१ मत प्राप्त गरेका छन् । थापालाई दाहालले ४ हजार ६ सय ९ मतले पछाडि पारेका छन् ।
उता प्रतिनिधिसभा २ को प्रदेश ख पनि निकै रोमान्चक बन्दैछ । इन्द्र बानियाँले हालसम्म १७ हजार ५ सय ९९ मत प्राप्त गरी वाम गठबन्धनका राजाराम स्यातानलाई पछाडि पारिरहेका छन् । स्यानतानले १७ हजार २ सय २६ मत पाएका छन् । मतगाणना स्थलमा रहेका पत्रकार सुनिल शिवाकोटीले बताए अनुसार, यि दुबै उम्मेदवारका बीचमा तिव्र प्रतिस्पर्धा चलिरहेको छ ।

गोरखा २ (क) मा नयाँ शक्तिका आचार्य र (ख) मा नेकाका दवाडी विजयी

गोरखा, २३ मंसिर (रासस) : गोरखा क्षेत्र नं २ को (क) मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति पार्टी नेपालका हरिशरण आचार्य १५ हजार ३४३ मत प्राप्त गरी विजयी हुनुभयो ।

उहाँका प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कमला नहर्कीले १२ हजार ६५ मत प्राप्त गर्नुभयो । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय आचार्य बाबुरामले नयाँ शक्ति अभियान सञ्चालन गरेदेखि नै पालुङटार क्षेत्रमा रहेर राजनीतिमा लाग्नुभएको थियो ।

त्यस्तै क्षेत्र नं २ को (ख) मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रकाशचन्द्र दवाडी १५ हजार ८५३ मत सहित विजयी हुुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी वाम गठबन्धनबाट माओवादी केन्द्रका अमर तमुले १३ हजार ४११ मत प्राप्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*