राजनीति/ समाज
पार्टी एकता विश्वकै असाधारण घटना : प्रचण्ड
काठमाडौं, ५ जेठ /नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको बताए । कम्युनिष्ट आन्दोलनलाई...
स्याङ्जा पुगेर मन्त्री लालबाबु पण्डितले के भने ?
स्याङ्जा । एमाले र माओवादी केन्द्रको एकतापछि स्याङ्जा पुगेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सबै तहको निर्वाचन सकिएकाले संक्रमणकालको अन्त्य भएको बताएका छन् । सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसमेतलाई भेला पारेर निर्वाचनपछि संक्रमणको अन्त्य भएपनि कर्मचारीको संक्रमण नसकिएको बताए । राजनीतिक...
नेकपाको संसदीय दलको नेतामा ओली चयन
काठमाडौं, ५ जेठ / पुर्नगठित नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको आजको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो...
नयाँ बानेश्वरमा नेकपाको संसदीय दलको बैठक
काठमाडौं– एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै पहिलो पटक संसदीय दलको बैठक बसेको छ । बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका साथै पार्टी एकीकृत भइसकेपनि संसदमा खेल्ने भूमिकाका विषयमा छलफल हुने छ ।
अब संगठन र विकास निर्माण लाग्नुस्ः नेता बानियाँ
हेटौंडा / नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अबका दिनमा पार्टीको संगठन र जनतासंग प्रत्यक्ष सहभागी भएर जनताले प्रत्यक्ष अनुभव गर्नेगरी विकास निर्माण लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली काँग्रेस ४ नम्बर क्षेत्रीय कार्यसमितिको आयोजनामा शुक्रबार भएको अन्र्तक्रियामा ४ नम्बर...
हेर्दाहेर्दै नेकपामा विलिन भए एमाले–माओवादी
–प्रकाश सिलवाल काठमाडौँ । ‘के एकता होला र ?’ चुनावी गठनबन्धनको घोषणापछि जनस्तरमा मात्र होइन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कतिपय नेता–कार्यकर्तामा उब्जने यो प्रश्नको औचित्य अब समाप्त भएको छ । निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई पार्टीका शीर्ष नेताले आज बिहानदेखि आन्तरिक र आपसी...
मुख्यमन्त्रीले गरे सामाजिक विकास मन्त्रालयको प्रारम्भिक पाश्र्वचित्र सार्वजनिक
मकवानपुर । ३ नम्बर प्रदेशको सामजिक विकास मन्त्रालयले प्रारम्भिक पाश्र्वचित्र सार्वजनिक गरेको छ । बिहीबार हेटौँडामा आयोजना भएको कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले पाश्र्वचित्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सामाजिक विकास मन्त्रालयले नमूना लायक काम गरेको धन्यवाद दिएका छन् । विभिन्न समस्याका बावजुद मन्त्रालयले राम्रो काम गरेको...
मुख्यमन्त्री पौडेलद्वारा भण्डारीको सालिकमा माल्यार्पण
मकवानपुर । २५ औ मदन आश्रीत दिवसका अवसरमा आज बिहीबार हेटौंडा– ११ शहिद स्मारकमा रहेको मदन भण्डारीको शालिकमा ३ नम्बर प्रदेशका मुख्यमन्त्रीले माल्य अर्पण गरेका छन् । कार्यक्रममा सभामुख, साँसद देखिबाट सभामुख, सांसदहरु सबैले माल्यार्पण गरेका छन् । नेकपा एमाले मकवानपुर र मदन समेतको उपस्थिति रहेको थियो भने उनीहरुले...
यस्तो बन्यो नेकपाको स्थायी कमिटी – नामावली पनि हेर्नुहोस्
काठमाडौँ । माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर बनेको नेकपामा ४३ सदस्यीय स्थायी कमिटि रहने भएको छ । जसमा एमालेका २५ जना र माओवादी केन्द्रका १८ नेताहरु रहने निर्णय भएको छ । दुबै पार्टीले टुङ्ग्याएको स्थायी कमिटीको नामावली यस प्रकार छ । बैठकले यि नामहरु टुङ्ग्याएको छ ।...
एमाले र माओवादी बन्यो नेपाल कम्युनिष्ट पार्टी
काठमाडौं । माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकीकरण भएको छ । एकीकृत पार्टीको नाम पूर्वसहमति अनुसारै नेपाल कम्युनिष्ट पार्टी राखिएको छ । एकीकृत पार्टीको अध्यक्षमा केपी ओली र पुष्पकमल दहाल छन् । पार्टी संचालनका लागि ९ सदस्यीय सचिवालय समेत बनाइएको छ । ६ बुँदे एकता घोषणापत्र जारी गर्दै...









