हेटौँडामा प्रदेशसभाको बैठक फेरि स्थगित

तु खबर संवाददाता
२०७५ श्रावण ४, शुक्रबार १२:३५

हेटौँडा, ०४ साउन । काँग्रेसको अवरोधपछि बिहीबार स्थगित गरिएको प्रदेशसभा बैठक शुक्रबार समेत स्थगित भएको छ । शुक्रबार प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौँडामा बस्ने तय गरिएको प्रदेश सभा ३ को प्रदेशसभा बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो ।

आज बिहान ११ बजेका लागि प्रदेशसभा भवन हेटौँडामा बस्ने भनिएको बैठक स्थगित भएको हो । सभामुख सानुकुमार श्रेष्ठको आदेश अनुसार प्रदेशसभा सचिवलायलले सूचना टाँसेर अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको जनाइएको छ । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले आफुहरुको माग सम्बोधन नभएसम्ममा प्रदेशसभा बैठक अघि बढ्न नदिने अडान राखेको थियो ।

कांग्रेसले विभिन्न माग गर्दै बिहीबार पनि प्रदेश सभा बैठक अवरुद्ध गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*