राजनीति/ समाज
सरकारमाथि भरोसा गर्न संकेत देखिएको छैन्ः नेता निधि
जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारमा आन्तरिक धमिरा लाग्न शुरू भइसकेको बताएका छन् । काँग्रेस धनुषाको १३ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले भने, “सरकारमाथि भरोसा गर्न सक्ने सङ्केत देखिएको छैन् । ” उपसभापति निधिले सरकारको क्रियाकलापले संघीय संरचना र संविधानमाथि खतरा उत्पन्न हुन थालेको...
मालपोत र नापीको अनियमितता तत्काल रोकिनुपर्छः कृषिमन्त्री खनाल
काठमाडौँ । कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले आम नेपाली नागरिकलाई प्रत्यक्ष राहत अनभूत हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्री खनालले आज १९ बुँदे निर्देशन दिँदै नयाँ सरकारको मर्म र भावनालाई ख्याल गर्दै सेवाग्राहीको समस्या समाधान गर्न तथा ‘समृद्ध नेपाल र...
प्रहरीमाथि विप्लव कार्यकर्ताद्वारा आक्रमण, दुई प्रहरी घाइते
डोल्पा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ताहरुले डोल्पाको ठूलीभेरीमा प्रहरीमाथि आक्रमण गरी आफ्ना कार्यकर्ता छुटाएका छन् । नेपाल बन्दको क्रममा पक्राउ परेका सागर शाहीलाई जिल्ला प्रहरी कार्यालय दुनै तर्फ लैजादै गर्दा प्रहरीलाई आक्रमण गरी आफ्ना कार्यकर्ता शाहीलाई छुटाएको बताइएको छ । आक्रमणबाट प्रहरी हवल्दार धनसिंह कठायत र प्रहरी...
करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण, बाँकेमा २ वटा टावरमा आगजनी !
कृष्ण ओली, नेपालगन्ज । करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण भएको छ । अज्ञात समुहले बाँकेका विभिन्न २ स्थानमा रहेका टावरमा आगजनी गरेको छ । खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ जि गाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राती आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख...
राष्ट्रिय भुमि अधिकार मञ्च मकवानपुरको ४ बुदें माग ३ नम्वर प्रदेशका मुख्यमन्त्रीलाई ,के छ ज्ञापनपत्रमा ?
मकवानपुर ३० बैसाख । राष्ट्रिय भुमि अधिकार मञ्च मकवानपुरले ४ बुँदे माग राख्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई आईतबार ज्ञापनपत्र बुझाएको छ । जिल्ला भुमि अधिकार मञ्च मकवानपुरका अध्यक्ष टंकप्रसाद चौलागाईको नेतृत्वमा गएको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख जिल्ला अधिकारी...
दुईवटा भारतीय ट्रकमा आगजनी
धादिङ, ३० वैशाख / पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१/आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
बन्दमा चलाएको भन्दै गाडी जलाइयो
वीरगंज-नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दमा यात्रुबाहक बसमा आगजनी गरेको छ । सो पार्टीका कार्यकर्ताले वीरगंजको बसपार्कमा १५ दिन देखी रोकीराखेको वीरगंज ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक वसमा आइतबार विहान आगजनी गरेका छन् । आगजनीले वस पुर्ण रुपमा जलेको पर्सा प्रहरीले जनाएको...
आज नेपाल बन्द, विहानैदेखि आगजनी र तोडफोड, दर्जन ठाउँमा बम विस्फोट
काठमाडौँ, ३० बैशाख । नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ नेभ्रमण, अरुण तेस्रोको शिलान्यास, भारतीय हतियारधारी कमान्डो नेपाल प्रवेश तथा ओली–मोदी गठबन्धनका विरुद्ध नेकापले नेपाल बन्द आवहान गरेको हो बन्दकर्ताले अवज्ञा गरेको भन्दै विहानैदेखि सवारी साधनमा आगजनी र तोडफोड गरेका...
भारतीय प्रधानमन्त्री मोदीविरुद्ध उत्रिएका नेता सीपी गजुरेल पक्राउ, लगत्तै रिहा
काठमाडौँ । नेपाल प्रहरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध प्रदर्शनमा उत्रिएका मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेललाई पक्राउ गरेको छ । मोदी भारत फर्किएलगत्तै उनलाई रिहा पनि गरिएको छ । नेता गजुरेलसहित अन्यलाई रत्नपार्कबाट पक्रेर टेकुमा लगेर राखिएको थियो ।
नारायणी संघद्वारा आफ्ना सदस्यहरुसँग छलफल
मकवानपुर । पछिल्लो समय सरकारी दबाब झेलिरहेका यातायात व्यवसायीहरुले यथार्थ जानकारी गराउन भन्दै शनिबार आफ्ना सदस्यहरुसँग छलफल गरेका छन् । संघका अध्यक्ष हिरालाल श्रेष्ठ, निवर्तमान अध्यक्ष बद्री चौलागाई, महासचिव सरोजकुमार खनाललगायतका कार्यसमितिले व्यवसायीसँग छलफल गरेको हो । वर्तमान अवस्थामा असहज परिस्थिति देखिएको भन्दै यसबाट नआत्तिन व्यवसायीलाई अध्यक्ष श्रेष्ठले अनुरोधसमेत...










