राजनीति/ समाज
एकता गरेकोमा ओली र प्रचण्डलाई कमल थापाको बधाई
मकवानपुर । राप्रका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले एमाले र माओवादीबीचको एकताले आपूलाई खुसी लागेको भन्दै बधाई दिएका छन् । राष्ट्रिय सभागृहमा दुबै पार्टीबीच एकता प्रकृया सुरुभएपछि गृह जिल्ला मकवानपुर भएका थापाले दुबै पार्टीलाई बधाई दिएका हुन् । सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले एकता भएकोमा खुसी लागेको...
स्थानीयवासीद्वारा गाउँपालिका अधिकृतमाथि हातपात
हुम्ला । सिमीकोट गाउँपालिकाका अधिकृत अर्जुन दर्जीमाथि आज स्थानीयवासीले हातपात गरेका छन् । बाटो निर्माणका क्रममा विनियोजित बजेटले नपुगेपछि थप बजेटको माग गर्दै गाउँपालिका पुगेका वडा नंं ४ का बासिन्दाले आज दर्जीमाथि हातपात गरे । उनीहरुले बजेट माग गर्दा अधिकृत दर्जीले बजेट थप्न नसकिने बताएपछि आक्रोशित भई स्थानीयवासीले उनीमाथि...
एकीकृत पार्टीको महासचिवमा पौडेल, प्रवक्तामा नारायणकाजी
काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि एकीकृत पार्टीको महासचिव बिष्णु पौडेल हुने भएका छन् । पार्टीको प्रवक्तामा नारायणकाजी श्रेष्ठ प्रकाश रहने छन् । सचिवालयमा पौडेल र श्रेष्ठसहित प्रचण्ड, केपी ओली, माधव नेपाल, झलनाथ खनाल, रामबहादुर थापा, माधव नेपाल र बामदेव गौतम रहने छन् । खनाल र नेपाल...
माओवादी र एमालेबीच भागबन्डा सकियो, माओवादीलाई ४५ प्रतिशत : चुनाव चिन्ह सूर्य रहने
काठमाडौँ । लामो रस्साकस्सीपछि एमाले र माओवादीबीच भोलि पार्टी एकता हुने भएको छ । भोलि मदन भण्डारीको स्मृति दिवश मनाएर साँझ पार्टी एकताको घोषणा हुने भएको हो । माओवादीले एकीकृत पार्टीको केन्द्रीय समितिमा ४५ प्रतिशत भाग पाउने भएको छ भने चुनाव चिन्ह भने सूर्य रहने समझदारी बनेको छ ।...
मूख्यमन्त्री, मन्त्री तथा साँसदले तलब दिन विधयक पास हुन नपर्ने
मकवानपुर । प्रदेश तीनका मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेशसभा सदस्यहरुले तलव तथा अन्य सेवा सुविधा लिन प्रदेशसभाबाट विधेयक पारित हुने समयसम्म कुर्नु नपर्ने भएको छ । आज बिहान बसेको मन्त्रीपरिषद बैठकले प्रदेशसभामा छलफलको क्रममा रहेको सेवा सुविधा सम्बन्धि विधेयक पास नभएसम्मको लागि तलव सेवा सुविधा लिन सक्ने निर्णय गरेको हो...
यस्तो छ ओली नेतृत्वको सरकारको सय दिनको काम : यातायात सिण्डीकेट र ३३ केजी सुनकाण्ड पनि समेटियो
काठमाडौँ, २ जेठ । स्थायित्व, समृद्धि र सुशासनको लक्ष्यसहित केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले एक सय दिनको अवधिमा उक्त लक्ष्यको आधारशिला तयार गरेको छ । निर्वाचनमा वाम गठबन्धनले स्थायित्व, समृद्धि र सुशासनका लागि गरेको प्रतिबद्धतालाई विश्वास गरी जनताले सुविधाजनक मत दिएपछि नेकपा (माओवादी केन्द्र) को समर्थनमा नेकपा (एमाले)...
एमाले र माओवादी पार्टी एकता बिहीबार
काठमाडौँ, २ जेठ । मदन भण्डारीको २५ औं स्मृति दिवस पारेर भोलि नै एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने तयारी गरेका छन् । २०५० जेठ ३ मा दासढुंगा दुर्घटनामा परी भण्डारीको निधन भएको थियो । स्रोतका अनुसार भोलि विहान ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण...
गुटउपगुटको राजनीति अन्त्य हुनुपर्छ : कोइराला
मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोईरालाले नेपाली कांग्रेसमा गुट उपगुटको राजनीति अन्त्य हुनु जरूरी रहेको बताएका छन् । नेपाली कांग्रेस मकवानपुरको आयोजनामा थाहा नगरपालिका दामनमा आज आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कांग्रेस गुट उपगुटको राजनीतिका कारण यो अवस्थामा पुगेको भन्दै एकताबद्ध भएर अघि बढ्नु जरुरी रहेको...
काँग्रेसको चेतावनीपछि नियमावली संसदमा पेश हुन सकेन
काठमाडौँ । नेपाली कांग्रेसले ‘प्रतिपक्षीय’ भूमिका गर्ने चेतावनी दिएपछि प्रतिनिधिसभा नियमावली संसदमा पेश हुन सकेन । सभामुख कृष्णवहादुर महराले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस नेताहरुले सांसद निलम्बनको प्राबधान राख्न नहुने अडान लिए । बहुमतले पारित गर्न खोजिए संसद अवरोध गर्ने चेतावनी दिएपछि संसदको बुधवारको बैठकको कार्यसूचीमै राखिएन...
प्रदेश ३ मा आर्थिक वर्ष २०७५–०७६ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत, बिहीबारबाट छलफल हुने
हेटौँडा, १ जेठ । प्रदेश नम्बर ३ को बर्षे अधिवेशन मंगलबारबाट सुरु भएको छ । वर्षे अधिवेशनको पहिलो बैठकमा ३ नम्बर प्रदेशको आगामी आर्थिक वर्ष ०७५–०७६ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । बैठकमा प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले कर प्रस्ताव बाहेक विनियोजन...









