राजनीति/ समाज

अब संघीय समाजवादी फोरम पनि सरकारमा, यस्तो भयो सहमति

काठमाडौँ, १४ जेठ । संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई बुँदे सहमति भएपछि संघीय समाजवादी फोरमलाई सरकारमा जान बाटो खुलेको हो । सहमतिमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली...

प्रदेश ३ को प्रदेशसभा बैठकमा आज मूख्य न्यायधिवक्ता सम्बन्धी विद्येयक प्रस्तुत हुँदै

मकवानपुर, १४ जेठ । ३ नम्बर प्रदेश सभाको अहिले भइरहेको बैठकमा मूख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरिँदै छ । बैठक दिउँसो २ बजेबाट सुरु भएको हो । यस अघि आइतबारको बैठकमा प्रदेशसभा सदस्यहरुले विशेष समयमा सरकारको एक सय दिनको...

बानियाँले संसदमा नेकपाको सरकारलाई यसरी थर्काए, हेर्नुहोस् भिडियो

हेटौँडा, १४ जेठ । ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारलाई घमण्ड नगर्न चेतावनी दिएर संसदमै हल्लाखल्ला मच्चाइदिएका छन् । प्रदेशसभामा आइतबार विशेष समयमा बोल्दै नेता बानियाँले प्रदेश सरकारको एक सय दिनको समिक्षा गर्दै जनताको हितमा काम नगर्ने र घमण्डमात्र प्रर्दशन गरिरहेमा जनताले आगामी...

संसदमा बानियाँको चेतावनी–‘घमण्ड गरे नेकपा जनताबाट फुलस्टप हुनुपर्ला’

हेटौँडा, १३ जेठ । ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारलाई घमण्ड नगर्न चेतावनी दिएर संसदमै हल्लाखल्ला मच्चाइदिएका छन् । प्रदेशसभामा आइतबार विशेष समयमा बोल्दै नेता बानियाँले प्रदेश सरकारको एक सय दिनको समिक्षा गर्दै जनताको हितमा काम नगर्ने र घमण्डमात्र प्रर्दशन गरिरहेमा जनताले आगामी...

प्रधानमन्त्रीबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै (लाइभ)

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको अहिले जवाफ दिइरहनुभएको छ । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि तीन दिनसम्म छलफल भएको...

नेकपाका प्रवक्ता नारायणकाजी चीन प्रसथान

काठमाडौँ, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीले कार्ल माक्र्सको द्विशतवार्षिकको अवसरमा आयोजना गर्ने कार्यक्रममा भाग लिन शुक्रबार चीन प्रस्थान गर्नुभएको छ । नेकपाका नेता एवं तत्कालीन माओवादी केन्द्रका विदेश विभागका सचिव युवराज चौलागाईँका अनुसार प्रवक्ता श्रेष्ठले माक्र्सवादी दर्शन र नेपालको कम्युनिष्ट आन्दोलनमा भएको...

युवामैत्री कार्यक्रम गर्न काँग्रेसलाई दवाब

काठमाडौँ, ११ जेठ । विधान परिमार्जन गरेर युवामैत्री कार्यक्रम सञ्चालन गरेमात्र काँग्रेसले आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्ने बताइएको छ । गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति ः काँग्रेसको अबको गन्तव्य’ विषयक कार्यक्रममा वक्ताले काँग्रेस सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको...

सांसदहरुले एकै स्वरमा भने–‘नीति तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयन होस्’

काठमाडौँ, १० जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै सांसदहरुले नीति तथा कार्यक्रम जतिसुकै राम्रो आए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभए त्यसको कुनै अर्थ नहुने बताउनुभयो । विगतमा पनि राम्रा र प्रभावकारी...

यी ७ नेता पनि नेकपाको केन्द्रीय कमिटिमा

खोटाङ, ९ जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा खोटाङका सात नेता मनोनीत हुनुभएको छ । माओवादीको तर्फबाट टंक राई, समिता कार्की (अस्मिता), रामकुमार राई (पासाङ) र दुर्गाजयन्ती राई तथा एमालेका तर्फबाट विशाल भट्टराई, खगेन्द्र राई र राजन राई...

सांसदलाई पढाउँँदै काँग्रेस

काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमका बारेमा विज्ञमार्फत आफ्ना सांसदलाई पढाउने काम गरेको छ । कांग्रेसले मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आफ्ना सांसदलाई एकैठाउँ राखेर सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे पढाएको बारेमा आजको ‘राजधानी दैनिक’को पहिलो पृष्ठमा समाचार छापिएको छ । अर्थविद् डा....