राजनीति/ समाज

प्रदेश २ को सरकारमा नेकपा सहभागी नहुने प्रचण्डको दाबी

विराटनगर, २७ जेठ (रासस) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भएपनि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २...

राष्ट्रिय सभा नियमावली, २०७५ को परिमार्जित मस्यौदा प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौँ, २७ जेठ (रासस) । राष्ट्रिय सभाको आजको बैठकले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को परिमार्जित मस्यौदा प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रिय सभाको बैठकले उक्त नियमावली पारित गरेको हो । बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली,...

प्रदेश १ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने – म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्नेको अनुहार पनि हेर्दिनँ

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीेले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसा कायम राख्न सफल रहन प्रदेशका सभासद्हरुलाई आग्रह गरेका छन् । विराटनगरस्थित प्रदेश नंं १ का प्रदेशसभाको बैठकमा पहिलोपल्ट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको विश्वास जितेर आएकाले यो विश्वासलाई कायम राख्न प्रदेश सभासदहरुलाई सुझाव दिए । उनले राजनीतिक...

काँग्रेसलाई पुरानै पार्टीमा स्थापना गरेर मात्र विश्राम लिने सभापति देउवाको दावी

डडेल्धुरा । नेपाली काँग्रेस डडेल्धुराले आयोजना गरेको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसलाई पुरानै पार्टीमा स्थापना गरी विश्राम लिने बताएका छन् । आफ्नो नेतृत्वमा सम्पन्न भएका तीन तहका निर्वाचनमा काँग्रेस हारेर पनि देशलाई जिताई संविधान कार्यान्वयनको गतिमा लगेको उनले बताए । कम्युनिष्टहरु एक...

वाइसिएल र युवा संघबिच एकता प्रक्रिया शुरु

काठमाडौँ, २५ जेठ (रासस) । काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकतापछि अब दुबै पार्टीका भ्रातृसंगठनको पनि एकता प्रक्रिया अगाडि बढेको छ । दुबै पार्टीबीच भएको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको हो । तत्कालीन एमाले समर्थित युवा संघ नेपाल र माओवादी केन्द्र समर्थित योङ कम्युनिष्ट लिग...

काँग्रेस सदस्यद्वारा प्रदेशसभा बैठक अवरोध, २४ घण्टाका लागि स्थगित

सुर्खेत, २५ जेठ (रासस) । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको नवौँ बैठक बिहीबार अवरुद्ध हुनाका साथै २४ घण्टाका लागि स्थगन भएको छ । प्रदेशसभा प्रतिपक्षी दल नेपाली काँग्रेसका सदस्यले पहिलो र दोस्रो अधिवेशन चलेयता पहिलो पटक सभा अवरुद्ध गरेका हुन् । सभामुख राजबहादुर शाहीले काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई...

प्रदेश ३ को नीति तथा कार्यक्रम आज पारित हुने

हेटौँडा, २४ जेठ । प्रदेशसभा बैठकमा जेठ १८ गते प्रस्तुत गरिएको प्रदेश नम्बर ३ को आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रदेशसभा बैठकबाट आज पारित हुने भएको छ । प्रदेशसभा बैठकमा जेठ १८ गते प्रदेश प्रमुख अनुराधा कोइरालाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । नीति तथा कार्यक्रममाथिको छलफल...

शहिदका परिवारलाई गाईभैँसी दिईने

राजविराज, पर्वत । २३ जेठ (रासस) । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गरेका छन् । राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा...

स्थानीय तहमा खर्च बढी भएको भन्दै मितव्ययिता अपनाउन निर्देशन

काठमाडौँ, २३ जेठ (रासस) । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको छ । मन्त्रालयले स्थानीय तहमा सार्वजनिक खर्च वृद्धि भइरहेको भन्दै मितव्ययिता अपनाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए । मन्त्रालयले ‘समृद्ध नेपाल र सुखी नेपाल’को अभियानलाई सार्थक बनाउनका लागि...

तोकियो प्रदेश ४ को नाम र राजधानी–नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’

पोखरा, २१ जेठ । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश राजधानी एवं नामकरण विषयको समितिले प्रदेशको नाम गण्डकी र राजधानी पोखरा राख्ने सिफारिशसहित आफ्नो प्रतिवेदन पेश गरेको छ । बैठकमा समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले २०७४ चैत १२ गते गठित प्रदेशको राजधानी नामाङ्कन विषयको ११ सदस्यीय...