अधिकारीको आक्रोश : माइतीघरमा ‘नाङ्गो’ प्रदर्शन गर्न पाइन्छ ?

तु खबर संवाददाता
२०७५ भाद्र ५, मंगलवार १४:२७

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सत्तारुढ दलका साँसद खगराज अधिकारीले माइती घरमा ‘नाङ्गो प्रर्दशन’ भएकोमा आपत्ति जनाएका छन् । संसद बैठकमा विशेष समय लिएर बोल्दै अधिकारीले बलात्कारीलाई कारवाही गरिनुपर्ने बताए ।

प्रमुख विपक्षी सचेतक पुष्पा भुसालले अधिकारीले गैरसँसदीय शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छिन् । सभामुख समक्ष उनले गैरसंसदीय शब्दलाई रेकर्डबाट तुरुन्त हटाउन समेत माग गरेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*