योगमायालाई मदन पुरस्कार, मानन्धरलाई जगदम्बा श्री
काठमाडौँ । मदन पुरस्कार गुठीले यस बर्षको मदन पुरस्कार यागमाया कृतिका लागि नीलम कार्की निहारिकालाई प्रदान गर्ने निर्णण गरेको छ । यस्तै जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गर्ने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दिक्षीतले जानकारी दिएका छन् ।
२०७४ सालमा प्रकाशित पुस्तकहरुमध्ये योगमाया छनौट भएको गुठीले जानकारी दिएको छ । यस अघि गुठीले २०७४ मा प्रकाशित थुप्रै पुस्तक मध्ये ८ पुस्तकको सूची सार्वजनिक गरेको थियो ।
गुठीले सार्वजनिक गरेको ८ उत्कृष्टमा सरस्वती प्रतीक्षाको नथिया, ध्रुवसत्य परियारको कैरन, तीर्थ गुरुङको पाठशाला,नीलम कार्की निहारिकाको योगमाया, यज्ञशको भुइँया, नयनराज पाण्डेको यार, राज माङलाकको लुम्बिनी गाउँ र मोहन वैद्यको हिमाली दर्शन परेका थिए ।
