साँझ ६ बजेसम्म कञ्चनपुरको कर्फ्यु हट्यो
कञ्चनपुर ११ भदौ । निर्मला हत्याकाण्ड पछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन भन्दै स्थानीय प्रशासनले घोषणा गरेको कर्फ्र्यु केही समयका लागि हटाएको छ । सोमबार दिउँसो १२ बजेपछि लाग्ने भनिएको कर्फर्यु साँझ ६ बजेसम्मका लागि हटाईएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले स्थिति समान्य हुन थालेपछि सोमबार साँझ ६ बजेसम्मका लागि हटाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार, साँझ ६ बजेसम्मका लागि कर्फ्र्यु हटाईएको छ ।
