राजनीति/ समाज
‘हामी जुँगाको लडाई लड्दैनौँ, खौरी दिन्छौँ’–प्रधानमन्त्री ओली
हेटौँडा, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध सुधार्न आफु सफल भएको बताएका छन् । ३ नम्बर प्रदेशसभालाई आज हेटौँडामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुले नेपाललाई कुनै पनि असर नपने गरि सम्बन्ध सुधारेको बताए । नेपाल–भारत सुधारका क्रममा आएको आलोचनातर्फ सँकेत गर्दै उनले भने–‘प्रधानमन्त्री भारत ककसरी गयो...
प्रधानमन्त्री ओलीले हेटौँडामा आएर प्रदेश राजधानी र प्रदेश नामाकरण बारे यसो भने
हेटौँडा, २१ जेठ । प्रदेश नम्बर ३ को राजधानी र नामाकरणका विषयमा प्रधानमन्त्री केपी ओलीबाट सम्बोधन होस् भन्ने चाहाना बोकेकाहरुलाई मत्थर पार्ने गरि प्रधानमन्त्री ओलीले राजधानी तोक्ने र प्रदेशको नामाकरण गर्ने अधिकार प्रदेशसभाको भएको भन्दै साधारण जवाफ दिएका छन् । ‘ हेटौँडामा राजधानी भएरमात्र विकास हुन्छ भन्नु भनिठान्नु भा...
हेटौँडा कपडा फ्याक्ट्री पूनः सञ्चालन हुने
–चन्द्र घलान हेटौँडा, २१ जेठ । कुनै समय देशभरमा नै चर्चा कमाएर एकाएक बन्द भएको हेटौँडा कपडा उद्योग (हेटौँडा टेक्सटायल कम्पनी) पूनः सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ३ नम्बर प्रदेशसभालाई सम्बोधन गर्दै गर्दा हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीले...
हेटौँडामा प्रधानमन्त्री ओलीले भने–‘हामीले कपडा कारखाना र जुत्ता कारखाना सिध्याईदियौँ’
–चन्द्र घलान हेटौंडा, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हामी नेपालीहरुमा उपभोगवादी प्रवृत्ति हाबी हुँदै गएका कारण देशका विभिन्न कारखाना बन्द भएको बताएका छन् । ३ नम्बर प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कपडा कारखाना, जुत्ता कारखाना लगायतका कारखाना हाम्रै कारण बन्द भएको बताएका हुन् । ‘हामी नेपालीहरु ग्रिब...
हेटौँडा आएर प्रधानमन्त्री ओलीले भने–‘सबै सिण्डीकेट तोड्छौँ, भ्रष्टचार विरुद्ध लाग्छौँ’
हेटौंडा, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ३ को प्रदेशसभालाई सम्बोधन गर्दै सबै प्रकारका सिण्डीकेटहरुलाई अन्त्य गर्ने बताएका छन् । प्रदेशसभामा बोल्दै उनले भने–‘यातायातमा मात्र होईन, हामी सबै सिण्डीकेट तोड्छौँ ।’ उनले सिण्डीकेटसँगै भ्रष्टाचारलाई समेत अन्त्य गर्ने बाटोमा लाग्ने बताए । उनले शिक्षा क्षेत्रमा हुने माफियातन्त्रलाई...
३ नम्बर प्रदेशसभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै
हेटौंडा, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ३ नम्बर प्रदेशसभा हेटौँडामा सम्बोधन गर्ने भएका छन् । ओलीले ३ नम्बर प्रदेशको सोमबार हुने प्रदेशसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको ३ नम्बर प्रदेशसभा सचिवालय सचिव भरतकुमार बुढाथोकीले जानकारी दिए । आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने...
३ नम्बर प्रदेशसभामा प्रधानमन्त्री ओलीले भोलि संबोधन गर्ने
हेटौंडा, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि ३ नम्बर प्रदेशसभा हेटौँडामा सम्बोधन गर्ने भएका छन् । ओलीले ३ नम्बर प्रदेशको भोली सोमबार हुने प्रदेशसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको ३ नम्बर प्रदेशकासभा सचिवालय सचिव भरतकुमार बुढाथोकीले जानकारी दिए । भोलि बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन...
प्रदेश ३ को राजधानी चितवनमा तोक्न माग
हेटौँडा, २० जेठ । प्रदेश ३ को स्थायी राजधानी चितवनमा तोक्न माग गरिएको छ । चितवन जिल्लाबाट निर्वाचित १३ जना सांसदहरुले आईतबार प्रदेशको स्थायी राजधानी चितवनमा हुनुपर्ने माग गर्दै सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् । चितवनका सांसदहरु बलराम पौडेल, रामलाल महतो, कृष्णप्रसाद खनाल, मिलनबाबु श्रेष्ठ, कृष्णप्रसाद भुर्तेल, पार्वती सिलवाल,...
पार्टीको विधान परिवर्तन गर्नुपर्नेमा कांग्रेस महामन्त्रीको प्रस्ताव
काठमाडौँ, २० जेठ । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी विधान परिवर्तन गरेर अगाडि बढाउनुपर्ने बताएका छन् । समाजवाद अध्ययन केन्द्रको तर्फबाट साहित्यकार राधिका दाहाललाई आज ह्वीलचियर वितरण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “प्रदेश र स्थानीय तह केन्द्रित विधान बनाएर संगठन निर्माणमा काँग्रेस लाग्नुपर्छ ।” महामन्त्री डा.कोइरालाले संविधानअनुसार...
हेटौँडाबाट सात प्रदेशका गृहमन्त्रीहरुको गर्जन–‘हामीलाई अधिकार खै ?’, यस्तो भयो ४ बुँदे सहमति
मकवानपुर, २० जेठ । देश संघीयतामा गएपछि प्रदेश तह तथा स्थानीय तह अधिकारप्राप्त शक्तिशाली तह बन्ने व्यवस्था संविधानले गरेता पनि त्यो आँखामा छारो हाले जस्तै देखिएको सात प्रदेशका गृहमन्त्री (आन्तरिक मामिला तथा कानुन मन्त्री) हरुले गुनासो गरेका छन् । संघीय सरकारले प्रदेश तहका गृहमन्त्रीहरुलाई पर्याप्त अधिकार नदिएको भन्दै सात...








