प्रहरीले अपहरणको शैलीमा नेकपा कार्यकर्ता नियन्त्रणमा लिएको भन्दै नेपाल बन्द

तु खबर संवाददाता
२०७५ श्रावण २८, सोमबार १९:१२

मकवानपुर, २८ साउन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पर्सा जिल्ला ईन्चार्ज लक्ष्मण उप्रेती ‘आर्जन’ र पत्रकार तथा मानवअधिकारकर्मी सुदर्शन पाण्डेलाई प्रहरीले अपहरणको शैलीमा नियन्त्रणमा लिएको भन्दै नेपाल कम्यूनिष्ट पार्टी नारायणी ब्यूरोले आपत्ति जनाएको छ ।

उनीहरुलाई वि.सं. २०७५ साउन २७ गते दिउँसो ४ बजे गिरफ्तार गरेको घटना प्रति पार्टी नारायणी ब्यूरोको गम्भिर ध्यानाकर्षण भएको भन्दै बिनाकारण उनीहरुको गिरफ्तारी प्रति नारायणी ब्यूरो घोर विरोध तथा भत्र्सना गर्दै, तत्काल विनासर्त रिहा गर्न माग विज्ञप्तिमा गरिएको छ ।

विज्ञप्तिमा केपी ओली नेतृत्को सरकारलाई सामाजिक दलाल पुँजिवादको मतिहार भएको आरोप लगाउँदै पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड, पार्टी पोलिटब्युरो सदस्यहरु विकास, ओमप्रकास पुन, जिवन्त, गम्भीर, केन्द्रीय सदस्य देवनारायण शाह लगायत थुर्पै नेता कार्यकर्ताहरुलाई विनाकारण संकटकालको बेलामा जस्तो व्यवहार गरेको उनीहरुको आरोप छ । राज्यको यसप्रकारको कार्यले एकातिर जनतालाई एकतर्फी युद्धको संघारमा जबर्जस्त घकेलिरहेको र अर्को तिर आफ्नो चिहान हाफै खन्ने प्रतिगामी बाटोमा केपी ओली सरकार अगाडि बढेको समेत आरोप लगाइएको छ ।

साथै जनविरोधी गतिविधी र गिरफ्तारीको बिरुद्ध भन्दै साउन २९ गते नेपाल बन्दको घोषणा समेत विज्ञप्ति मार्फत गरिएको छ । विज्ञप्ति नेकपाका नारायणी ब्यूरो इन्चार्ज मिलनले गरेका हुन् । हेर्नुहोस् विज्ञप्ति–

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*