सार्कले सोचेजस्तो काम गरेन : प्रधानमन्त्री ओली
काठमाडौँ । सार्कले नेपालले सोचेजस्तो काम गर्न नसकेपनि सार्कले क्षत्रिय सहकार्यका निम्ति काम गरिरहेको र सार्कको अझै आवश्यकता रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो धारणा राख्दै सार्कलाई पुनः गतिशील र प्रभावकारी बनाइनु पर्ने बताएका छन् । कहिले काहिँ यस्ता सस्थाहरु गतिशील नहुने र कहिँले काहिँ साह्रै प्रभावकारी हुने पनि ओलीले बताए ।
