मुख्यमन्त्री पौडेलले अझै छोडेनन् स्मारक विकासको अध्यक्ष, क्याम्पसमा भने अनन्त पौडेल कार्यबाहक

तु खबर संवाददाता
२०७५ भाद्र ११, सोमबार १९:१८
file photo

मकवानपुर । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीव्र दबाब सिर्जना भएपछि मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष कार्यबाहक अध्यक्षको रुपमा अनन्त पौडेललाई हस्तान्तरण गरेका छन् ।

तर, सो पदबाट पौडेलले अझै राजिनामा भने दिएका छैनन । उता, स्मारक विकास विकास समितिको अध्यक्षबाट भने मुख्यमन्त्री पौडेलले अझै राजिनामा दिएका छैनन । मुख्यमन्त्रीको गरिमामय पदमा आसिन व्यक्ति सामान्य संघसस्थाको अध्यक्षको रुपमा अझै बसिरहँन नैतिक रुपमा सुहाउँदैन भनेर चारैतिर विरोध भइरहेको छ ।

क्याम्पसको अध्यक्ष नछोडेपछि चौतर्फी रुपमा पौडेलको आलोचना भएको थियो । आलोचना धेरै हुन थालेपछि पौडेलले क्याम्पसको अध्यक्ष चाहिँ कार्यबाहक अध्यक्षको रुपमा अनन्त पौडेललाई हस्तान्तरण गरेका हुन् । अब मुख्यमन्त्री पौडेलले स्मारक विकास समितिको अध्यक्ष चाहिँ कहिले छोड्ने हुन्, सबैतिर चासोको बिषय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*