राजनीति/ समाज

हेटौँडा आएर देउवाले भने–‘ आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउँछु’

मकवानपुर, ०५ असार । नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउने उद्घोष गरेका छन् । आज मकवानपुरको हेटौँडामा नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउने प्रण गरेका हुन् । ‘हाम्रो पराजय र कम्युनिष्ट पार्टीहरुको एकिकरणले चुनौति...

काँग्रेसको केन्द्रीय समिति बैठक आज हेटौँडामा हुँदै

मकवानपुर, ०४ असार । यही असार ५ गते अर्थात भोलिदेखि हुने काँग्रेसको जिल्ला सभापतिहरुको भेलाको पूर्वसन्ध्यामा आज साँझ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक हेटौँडामा बस्ने भएको छ । जिल्ला सभापतिको भेलालाई व्यवस्थित र परिणामुखी बनाउनका लागि आज दिउँसो ४ बजे केन्द्रीय समितिको बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी...

मकवानपुरे राष्ट्रियसभा सदस्य राईको कार्यकाल ६ वर्ष, बिडारीको ४ वर्षमै समाप्त हुने

मकवानपुर, ०४ असार । मकवानपुरका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका रामचन्द्र राई र रामनारायण बिडारीको कार्यकाल क्रमशः ६ वर्ष र ४ वर्ष कायम गरिएको छ । आज भएको गोलाप्रथाबाट राईको पद ६ वर्ष र बिडारीको ४ वर्ष कायम भएको हो । राष्ट्रिसभाको सबै सदस्यहरुको कार्य अवधिका लागि आज गोलाप्रथा भएको...

संघीयताको बिरोध गर्नेविरुद्ध संसदमा जंगिए सांसद पुलामी

हेटौँडा, ०३ असार । प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले संघीयताको विरोध गर्नेहरुबिरुद्ध कडा टिप्पणी दिएका छन् । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकका बोल्दै उनले संघीयताले ल्याएको प्रदेशसभामा बसेर संघीयताको बिरोध गर्ने छुट कसैलाई नभएको बताएका हुन् । प्रदेश तीनका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले...

राक्सिराङमा काँग्रेसीजनको सहयोग, बुवा गुमाएका छोराछोरीको शिक्षाको लागि अक्षय कोष स्थापना

मकवानपुर, ०३ असार । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता सहित स्थानीय जनताको पिडामा विभिन्न सहयोग गर्दै आएको नेपाली काँग्रेस मकवानपुर, काँग्रेसका सांसद तथा नेताहरु र तिनका भातृ संगठनमा संलग्न युवाहरुले सहयोग कार्य बढाउँदै गएका छन् । यसै क्रममा जेठ १९ गते मनहरी गाउँपालिका स्थित सुनाचुरीमा सवारी दुर्घटनामा निधन भएका...

काँग्रेस जिल्ला सभापतिहरुको भेलाको भित्री रहस्य के हो ? यसो भन्छन् सांसद ईन्द्रबहादुर बानियाँ (हेर्नुहोस् भिडियो)

मकवानपुर, ०२ असार । नेपाली काँग्रेस मकवानपुरका जिल्ला सभापति एवं सांसद ईन्द्रबहादुर बानियाँले यही असार ५,६ र ७ गते हेटौँडामा हुन गइरहेको काँग्रेस जिल्ला सभापतिहरुको भेला महत्वपूर्ण रहेको बताएका छन् । ७७ वटै जिल्लाका सभापतिहरुको भेलाले काँग्रेसमा भएका गुटउपगुटहरुको समेत अन्त्य गर्ने ठोकुवा गरेका छन् । भेलाले महत्वपूर्ण विषयहरु...

प्रदेश ३ को बजेट ३५ अर्ब ६१ करोड : हेटौंडा काठमाडौँ सुरुङमार्ग संभाव्यता अध्ययन गरिने – हेर्नुहोस् भिडियो

मकवानपुर, १ असार / आज प्रदेश नम्बर ३ को सरकारले आउँदो वर्षको बजेट सँसदमा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले ३५ अर्ब, ६१ करोड ५६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । मन्त्री ढुंगेलले संघीय समानुकरण अनुदानबाट ५ अर्व ९६ करोड ९७ लाख, आन्तरिक...

मूल्यवृद्धिविरुद्ध हेटौँडामा तरुण र नेविसंघको प्रर्दशन : केपी ओलीविरुद्ध यस्तो लाग्यो नारा – हेर्नुहोस् भिडियो

मकवानपुर । नेपाली काँग्रेस आवद्ध नेपाल तरुण दल र नेवि संघले हेटौंडामा मूल्यवृद्धि विरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । राँके जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले ठाउँठाउँमा प्रदर्शनकारीमाथि हस्तक्षप गरेको थियो । मसाल खोस्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा तानातान समेत भएको छ । तरुण दलका जिल्ला अध्यक्ष इश्वर...

प्रदेश ३ को बजेट आज सार्वजनिक हुँदै

हेटौँडा, ०१ असार । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा आज असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५–०७६ को लागि करिब ४० अर्ब बराबरको बजेट ल्याउँदैछ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आज दिउँसो हुने प्रदेशसभाको बैठकमा विनियोजित बजेट पेश गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्...

प्रदेश ३ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आधिकारिक वेबसाईट आजबाट शुरु

हेटौँडा, ३१ जेठ । प्रदेश नम्बर ३ को मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आप्mनो आधिकारिक वेबसाईट आजबाट शुभारम्भ गरेको छ । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आज वेबसाईटको शुरु भएको घोषणा गरेका हुन् । कार्यालयको वेबसाईट ocmcm.p3.gov.np मार्फत लग अन गरेर हेर्न सकिने बताइएको छ । वेबसाईट शुभारम्भ गर्दै...