मकवानपुरबाट जनमुक्ति सेनाका पूर्व लडाकु काँग्रेसमा प्रवेश
मकवानपुर, ७ कात्तिक । मकवानपुरको राक्सिराङ गाउपालिका वडा नम्बर १ बाट दुई जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेमा पूर्व जनमुक्ति सेनाका तत्कालिन सेक्सन कमान्डर रहेका कुमार सिङ बल र सोमलाल स्याङ्तान रहेका छन् । उनीहरले कांग्रेसको सदस्यता लिएका हुन् । नेपाली काङ्ग्रेस मकवानपुर पार्टी कार्यालयमा दुबै जनालाई पार्टी सचिव बुद्ध लामाले सदस्यता प्रदान गरेका थिए ।
कार्यक्रममा जिल्ला सदस्य सुर्यबहादुर रुम्बा, राजिब सुवेदी, तामाङ संघ मकवानपुरका जिल्ला अध्यक्ष चम्फुरत्न लामा लगायतको उपस्थिति रहेको थियो ।
