विश्व विविध
‘प्रदर्शनकारीमाथि सन्की युवकले चलाए गोली, दिल्ली प्रहरी हेरिरह्यो’
नयाँदिल्ली– नागरिकता संशोधन कानुन (सीएए) र राष्ट्रिय नागरिकता रजिस्टर (एनआरसी) को विरोधमा दिल्लीमा उत्रिएका प्रदर्शनकारीमाथि एक सन्की युवकले गोली चलाएका छन् । बिहीबार दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयदेखि राजघाटसम्म निकालिएको र्यालीलाई ताकेर ती युवकले गोली चलाएका हुन्। प्रहरीले ती युवकलाई पक्राउ गरिसकेको छ। भारतीय सञ्चार माध्यमका अनुसार ती युवकले...
चीनमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८२ पुग्यो
काठमाडौं, १४ माघ । चीनमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ८२ जनाको मृत्यु भएको छ भने झण्डै ३ हजार मानिस बिरामी परेका छन् । बीबीसीको अनुसार, कोरोना भाइरसका कारण हुवेईमा सबैभन्दा धेरैको ज्यान गएको छ । हुवेईमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५६ बाट बढेर ७६ पुगेको छ...
चीनमा कोरोना भाइरसका कारण डाक्टरको मृत्यु
कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारमा संलग्न डाक्टरकै मृत्यु भएको छ । चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार, चीनको हुबेइ प्रान्तस्थित एक अस्पतालका चिकित्सकको मृत्यु भएको घटना सार्वजनिक भएको हो । कोरोना भाइरस संक्रमणको केन्द्रका रुपमा रहेको हुबेइमा ६२ बर्षीय चिकित्सक लियाङ्ग उदोङको ज्यान गएको हो ।चीनमा कोरोना भाइरसको संक्रमण महामारीका...
टर्कीमा शक्तिशाली भूकम्पको धक्का, १४ को मृत्यु
टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर ६.८ म्याग्नीच्युडको भूकम्पका कारण भवन भत्किँदा उनीहरुको मृत्यु भएको हो । शुक्रबार स्थानीय समय अनुसार, ८ः८८ मा गएको भूकम्प धक्काले अन्य सयौं मानिस घाइते भएको छन् । भूकम्पको धक्का छिमेकी...
कोरोना भाइरसका कारण २५ जनाको ज्यान गयो
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण २५ जनाको ज्यान गएको छ । कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले यसका कारण २५ को ज्यान गएको जनाएको छ । चिनियाँ अधिकारीहरुका अनुसार, कोरोनाका कारण ६ सयभन्दा बढी नागरिक प्रभावित भएका छन्। यो भाइरसका कारण यसअघि १९ को मृत्यु भएकोमा...
अस्ट्रेलियामा डढेलो निभाउन गएको विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु
अस्ट्रेलियामा लागेको डढेलो निभाउने कार्यमा खटिएको एयर ट्यांकर विमान दुर्घटना हुादा तीन जनाको मृत्यु भएको छ । विमानमा सवार चालक दलका तीन जनाको मृत्यु भएको छ।मृतक तीनैजना अमेरिकी नागरिक रहेका हुन्। न्यू साउथ वेल्सको ग्रामीण अग्निनियन्त्रण सेवाका आयुक्त शेन फिट्सिमन्सले क्यानाडाली कम्पनीको सी–१३० हर्कुलस विमान स्लोई मोनारो क्षेत्रमा खटिएको...
इरानमा युक्रेनी जहाज दुर्घटना, १ सय ७६ जनाको मृत्यु
तेहरान, २३ पुस । इरानमा बुधबार बिहान भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दुर्घटनामा १ सय ७६ जनाको मृत्यु भएको छ । बोइङ ७३७–८०० जहाज बुधबार बिहान तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटना हुँदा १७० यात्रु र ६ जना चालक दलका सदस्य गरी १ सय ७६ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले...
इरानमा १ सय ८० यात्रु सवार विमान दुर्घटना
तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ । क्षतिको विवरण आइसकेको छैन । इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् । विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेको बताइएको छ । विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडि इरानले इराकस्थित...
अमेरिकी एयरबेसमा इरानद्वारा मिसाइल हमला
इराकमा तैनाथ अमेरिकी सेनाको कम्तिमा दुईवटा एयरबेसमा एक दर्जनभन्दा बढी बलिस्टक क्षेप्यास्त्र प्रहार भएको अमेरिकी रक्षा विभागले जनाएको छ । यता, इरानको राष्ट्रिय टेलिभिजनले बग्दादमा अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पको निर्देशनमा भएको ड्रोन हमलामा मारिएका शीर्ष कमान्डर कासेम सुलेमानीको हत्याको बदलामा उक्त हमला गरिएको भन्दै जिम्मेवारी लिएको छ । इर्बिल...
सुलेमानीको अन्त्येष्टिका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु
शुक्रबार अमेरिकी ड्रोन हमलामा मारिएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टीका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु भएको छ । इरानी मिडियाहरुले उक्त भागदौडमा ३५ जनाको मृत्यु भएको पुष्टी गरेका छन् । भागदौडमा दर्जनौ व्यक्ति घाइते भएको जनाइएको छ । इरानको केर्मान शहरमा सुलेमानीको अन्त्येष्टी गर्ने क्रममा लाखौं सर्वसाधारणको...







