दिल्ली कंग्रेस इन्चार्जद्वारा पदबाट राजीनामा
काठमाडौं, २९ माघ । भारतीय नेसनल कंग्रेसका दिल्ली इन्चार्ज पिसी चक्कोले पदबाट राजीनामा दिएका छन् ।
विधानसभामा निर्वाचनमा आफ्नो पार्टीले खाता खोल्न नसकेपछि चक्कोले पदबाट राजीनामा दिएका हुन् ।
गत शनिबार सम्पन्न निर्वाचनमा ७० सदस्यीय विधानसभामा आम आदमी पार्टीले ६२ र भारतीय जनता पार्टीले ८ स्थानमा जितेको थियो ।
१९९८ देखि २००८ सम्मको निर्वाचनमा लगातार एकल बहुमत ल्याएको कंग्रेस २०१३ मा ८ सिटमा खुम्चिएको थियो ।
