राष्ट्रपति ट्रम्प र उनकी पत्नी भारत आउन ‘उत्साहित’
नयाँदिल्ली, १ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी पत्नी मेलनिया यही फेब्रुअरी २४ मा भारत भ्रमणमा आउँदैछन् ।
भ्रमणमा आउनुअघि मेलानिया उत्साही देखिएकी छन् । उनले हालै भारतबाट आफूहरुलाई निम्तो गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी छन् ।
मेलानियाले ट्वीटर मार्फत आफू र पति डोनल्ड ट्रम्प भारतमा पहिलो भ्रमणका लागि उत्साही भएको प्रतिक्रिया दिएकी हुन् ।
‘न्यानो निमन्त्रणका लागि धन्यवाद नरेन्द्र मोदी । यो महिनाको अन्त्यमा अहमदाबाद र नयाँ दिल्ली भ्रमण पर्खिरहेका छौँ । ट्रम्प र म यो भ्रमणका लागि उत्साही छौँ । साथै अमेरिका र भारतको निकट सम्बन्धका लागि,’ मेलानियाले लेखेकी छन् ।
