रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा डुब्यो, १४ को मृत्यु
ढाका, २८ माघ । बंगलादेशको दक्षिण तटमा रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा डुब्दा १४ जनाको मृत्यु भएको छ।
मंगलबार रोहिङ्ग्या शरणार्थी बोकेर बंगलादेशबाट मलेसिया जाँदै गरेको डुंगा सेन्ट मार्टन टापु नजिकै बे अफ बंगालमा डुबेको हो।
मृतक सबै महिला तथा बालबालिका रहेका बिबिसीले जनाएको छ। ७० जनालाई उद्दार गरिसकेको भए पनि अझै थुप्रै बेपत्ता छन्।
उक्त डुंगामा करिब १३० जना सवार थिए। रोहिङ्ग्या शरणार्थी मुसलमानको बहुल रहेको राष्ट्र मलेसिया जाने गरेका छन्। एजेन्सी
