एकै परिवारका १६ जनाको रहस्यमय हत्या

तु खबर संवाददाता
२०७६ फाल्गुन १, बिहीबार ०९:४१

लागोस, १ फागुन । नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ।

अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले बुधबार सिन्ह्वालाई जानकारी दिएका छन्।

देशको दक्षिण मध्य क्षेत्रमा पर्ने काडुना प्रदेशको फिका जिल्लाको बाकालीमा घटना मङ्गलबार दिउँसो भएको उनीहरूको भनाइ छ।

घटनास्थल चर्चित सहर मानिने जारियासँगै पर्दछ। प्रहरीले दिएको विवरणअनुसार बन्दुकधारीले उनीहरूलाई घरभित्र थुनेर गोली प्रहार गरेका थिए।

घरभित्र रहेका आक्रमणमा परेका सबै जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*