विश्व विविध

इरानले हमला गरे ५२ स्थान ध्वस्त पार्ने ट्रम्पको चेतावनी

जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिकाबीच द्वन्द्व बढेको छ । इरानले आफ्ना नेताको हत्याको बदला लिने बताइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले हमला गरे इरान ध्वस्त पार्ने चेतावनी दिएका छन् । ट्रम्पले कुनै पनि अमेरिकी नागरिकमाथि इरानका तर्फबाट हमला भए ५२ स्थानमा हमला गरी ध्वस्त बनाउने...

अमेरिकी आक्रमणमा इरानको विशेष सैन्य फोर्सका प्रमुख मारिए

अमेरिकी आक्रमणमा इरानी फौजको विशेष सैन्य फोर्सका प्रमुख क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन् । सुलेमानीको शुक्रबार मृत्यु भएको इरानको रिभोलुशनरी गार्ड्सले पुष्टि गरेको राज्यनियन्त्रित टेलिभिजनले बताएको छ । यसअघि बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र आक्रमणमा केही व्यक्तिको मृत्यु भएको विवरण आएको थियो । राष्ट्रपति ट्रम्पले घटनापछि अमेरिकी झण्डा...

जेलभित्र झगडा हुँदा १६ कैदीको मृत्यु

मेक्सिकोको जकाटेकसस्थित एक जेलमा झडप हुँदा १६ कैदी मृत्यु भएको छ । मंगलबार दिउँसो कैदीहरुबीच झडप भएपछि १६ जनाको मृत्यु भएको हो । उक्त झडपबाट पाँच जना घाइते समेत भएका छन् । कैदीहरुको विभिन्न समूहबीच आपसमा कुरा नमिल्दा झगडा सुरू भएको सिन्ह्वाले जनाएको छ।

इराक र सिरियामा अमेरिकी हवाई आक्रमण, १८ जनाको मृत्यु, ५० जना घाइते

अमेरिकाले आफ्नो देशका एक ठेकेदार मारिएको घटनालाई लिएर इराक र सिरियाका लडाकू शिविरमा आक्रमण गरेको छ । गत साता इराकको किर्कुकमा भएको रकेट आक्रमणमा एक अमेरिकी ठेकेदारको मृत्यु भइको थियो भने केही अमेरिकी सेना घाईते भएका थिए । रोएटर्सका आइतवार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो...

सोमालियामा कारबम विस्फोट, मृत्यु हुनेको संख्या ७६ पुग्यो

सोमालियाको राजधानी मोगादिसुमा शनिबार बिहान भएको कारबम विस्फोटमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । मदिना अस्पतालका निर्देशक डा.मोहम्मद युसुफले आफूहरुले मृत्यु भएका ७३ जनाको शब बुझेको जानकारी दिएका छन् । विस्फोटको जिम्मा हालसम्म कुनै समूहले लिएको छैन । सोमालियामा यसअघि यस्ता आक्रमण अल–शबाब विद्रोही समूहले गर्दै आएको...

अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जना लडाकुको अपहरण

पश्चिमी अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जनालाई तालिवान लडाकुहरुले अपहरण गरेका छन् । पिपुल्स पिस मुभमेन्टले शान्ति र युद्धविरामको माग गर्दै करिब दुई साता अगाडिदेखि हेरात प्रान्तबाट आफ्नो यात्रा सुरु गरेको थियो । तर, फराह प्रान्त प्रवेशपछि उनीहरुको अत्तोपत्तो नरहेको बीबीसीले जनाएको छ । फाराह प्रान्तका डेपुटी गभर्नर मसूद...

रूसी राष्ट्रपति पुटिनलाई प्रश्न सोध्दा पत्रकारको जागिर गुम्यो

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको १५ औं वार्षिक पत्रकार सम्मेलनमा प्रश्न सोधेकोभन्दैएक जना सञ्चारकर्मीलेजागिरबाटै बाहिरिनुपरेको छ । यामल क्षेत्रको एक सरकारी टीभी च्यानलमा कार्यरत अलिसा यारोभस्कायले जागिर छाड्नुपरेको बीबीसीले जनाएको छ । यसबारे थप विवरण भने सार्वजनिक गरिएको छैन । उत्तर–पश्चिम साइबेरियाको आर्कटिक यामल क्षेत्रमा अधिकारीहरूले राष्ट्रपति पुटिनलाई अलिसालेप्रश्न सोधेकोमा...

क्रिसमस इभ मनाउन रिसोर्ट गएका एक बालिकासहित तीन जनाको डुबेर मृत्यु

स्पेनको कोस्टा डेल सोल रिसोर्टमा बिदा बनाउन गएका तीन जनाको डुबेर मृत्यु भएको छ । उनीहरु सबै एकै परिवारका हुन् । रिसोर्टका मालिकले एक वक्तव्य जारी गर्दै क्लब ला कोस्टा वर्ल्डको स्विमिङ पुलमा उनीहरुलाई क्रिसमसको पूर्व सन्ध्यामा डुबेको अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार बेलायतकी ९ वर्षीया बालिकालाई...

दिल्लीको किराडीमा आगलागी हुँदा ९ जनाको मृत्यु, १० जना घाईते

भारतको राजधानी नयाँ दिल्लीको किराडी क्षेत्रमा रहेको एक कपडाको गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको । तीन वटा तला रहेको सो भवनको सबैभन्दा तलको तलामा आइतबार मध्यराति आगलागी हुँदा ९ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले पुष्टि गरेको छ । सो स्थानमा आगलागीबाट १० जना भन्दाबढी व्यक्ति घाइते...

२१ मे अन्तर्राष्ट्रिय चिया दिवस घोषणा

भारतको सिफारिसमा संयुक्त राष्ट्र महासभाले २१ मेलाई अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गरेको छ । भारतले चार वर्षअघि मिलानमा भएको अन्तर्राष्ट्रिय खाद्य र कृषि संगठन (एफएओ) को अन्तर सरकारी समुहको बैठकमा यो प्रस्ताव अघि सारेको थियो । अहिले हरेक १५ डिसेम्बरमा चिया उत्पादन गर्ने देशहरुमा अन्तर्राष्ट्रिय चिया दिवस मनाइन्छ ।...