चीन गएर आएको थाहा पाएपछि विवाहमा आउन पाहुनाको इन्कार

तु खबर संवाददाता
२०७६ माघ २३, बिहीबार १५:५६
file photo

डेढ महिनाअघिदेखि चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाइरसले अहिले मानिसको स्वास्थ्यमात्र होइन, सामाजिक जीवनमा पनि गम्भीर प्रभाव पारेको छ ।

सिंगापुरमा कोरोनाभाइरसको डरले एक विवाहमा निम्त्याइएका पाहुना नै नआउने भए ।

सिङ्गापुरका जोसेफ यू र उनकी श्रीमती कांग टिंङ, विवाहअघि चीनको हुनान प्रान्तबाट फर्केका थिए । सिंगापुरमा काम गर्ने जोसेफ र कांगको पुर्ख्यौली घर हुनानको गाउँमा हो। उनीहरू नयाँ साल मनाउन घर पुगेका थिए।

नयाँ वर्ष मनाएर उनीहरू ३० जनवरीमा सिंगापुर फर्के।

फ्रेबुअरी २ मा उनीहरूको विवाह तय भएको थियो। उनीहरूले सिंगापुरमा होटल बुक गरेका थिए।

पाहुनाले उनीहरू चीन गएर आएको थाहा पाएपछि विवाहमा आउन आनाकानी गर्न थाले।

आफ्नो विवाहमा पाहुना नआउने डर भएपछि जोसेफ र कांगले मिति सार्न खोजेका थिए। तर होटलले सबै तयारी पूरा भइसकेकाले सार्न नमिल्ने बताएपछि उनीहरूले नयाँ उपाय निकाले। उनीहरूले विवाह भोजमा आफूहरू उपस्थित नहुने तर भिडिओ कन्फ्रेन्समार्फत् पाहुनासँग कुराकानी गर्ने निर्णय गरे।

भिडिओ कलबाटै नवविवाहित दम्पत्तिले आफ्नो विवाहको भाषण गरेका थिए भने पाहुनाले बधाई पनि त्यसैमार्फत फर्काएका थिए।

कोरोनाभाइरसकै कारण कांगकी आमाबुबासमेत विवाहमा उपस्थित हुन पाएका थिएनन्।

सिंगापुरमा पनि अहिलेसम्म कोरोनाभाइरसको संक्रमण २८ जनामा भेटिएको जनाइएको छ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*