कोरोना भाइरसको डरले रोक्न सकेन सामूहिक विवाह

तु खबर संवाददाता
२०७६ माघ २७, सोमबार १२:४०

दक्षिण कोरियामा फेमिली फेडरेशन फर वर्ल्ड पिस एण्ड युनिफिकेसनले आयोजना गरेको सामूहिक विवाहमा हरौं जोडी प्रणय सूत्रमा बाँधिए ।

दक्षिण कोरियाको राजधानी सोउलस्थित ग्याप्योन्गिनमा रहेको चियोङ्गसिम पिस वर्ल्ड सेन्टरमा उक्त सामूहिक विवाहको आयोजना भएको हो ।

यद्यपि, चीनको बुहानबाट सुरु भएको कोरोनाभाइरसको संक्रमणको डर भने दक्षिण कोरियामा पनि व्याप्त छ ।

दक्षिण कोरियामा कोरोनाभाइरसका २४ जना संक्रमित भेटिएका छन् ।

उक्त समारोहमा कतिले मास्क लगाएका थिए तर कतिले मास्क लगाउन अनिवार्य ठानेनन् ।

समारोहमा ६० देशका ६ हजार व्यक्ति विवाह बन्धनमा बाँधिएका हुन् । युनिफिकेशन चर्चमा यस्तो सामूहिक विवाहको आयोजना सन् १९६० देखि हुँदै आएको छ ।

सरिक भएकाहरुको कोरोनाभाइरसको लक्षण परीक्षण गरिएको थियो । यद्यपि, दक्षिण कोरियाका अन्य ठूला कार्यक्रम भने रद्द भएका छन् । यद्यपि, उक्त चर्चले चिनियाँ जोडीलाई भने प्रतिबन्ध लगाएको थियो ।

युनिफिकेशन चर्चले ३० हजार जनालाई मास्क त वितरण गरेको थियो तर सबैले त्यो लगाएनन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*