अर्थ/वाणिज्य
५ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य
मकवानपुर । सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो । बढेको मूल्यअनुसार अब...
मंगलबार १७ अंकले घट्यो शेयर बजार, ३ अर्बमाथिको कारोबार
काठमाडौ । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव १५ अंकले घट्न पुगेको छ । सोमबार ब्रोकर डाटा सेन्टरको समस्याको कारण १२ बजेर ५३ मिनेटपछि कारोबार हुन सकेन । आज नेप्से परिसूचक १७.१५अंक अर्थात् शुन्य दशमलव ६४ प्रतिशतले घटेर २६५०...
१ लाख म्यादी प्रहरी भर्ना लिन अर्थ मन्त्रालयको अनुमति
काठमाडौं । अर्थ मन्त्रालयले आसन्न स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अनुमति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेकोमा अर्थ मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन अनुमति दिएको हो । २०७९ बैशाख ३० मा हुने...
जाल्पा लघुवित्तको आइपीओ आइतबारदेखि कारोबारमा आउने
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आइतबारदेखि कारोबारमा आउने भएको छ । कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएपछि भोलि (आइतबार) देखि कारोबारमा आउने भएको हो । नेप्सेले कम्पनीको कारोबार संकेत जाल्पा दिएको छ । लघुवित्तले सर्वसाधारणलाई जारी गरेको ५ लाख २२ हजार कित्ता र १० लाख...
हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको आवेदन स्वीकृत
मकवानपुर । हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन स्वीकृत गरेको छ । आवेदन स्वीकृत हुनेहरुमा भरत रेग्मी, उदयकुमार गुप्ता, कुमार खड्का, कृष्णप्रसाद यादव, घनश्याम न्यौपाने र दिनेशकुमार यादव, नवीनकुमार कर्ण,...
आज नेप्से ५२ अंकले बढ्दा २ अर्ब ७९ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । लगातार गिरावट आएको शेयर बजारमा आज ५२ दशमलव २१ अंकले बृद्धि भएको हो । आज शेयर बजार २.०८ प्रतिशतले बढेर २ हजार ५६६.७९ विन्दुमा पुगेको छ । नेप्सेमा सूचकिृत २२३ कम्पनीको ५६ लाख १० हजार ६३१...
पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी...
सोमबार झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक १.५४ अंकले बढेर २५ सय ४४ दशमलव ९३ अंकमा रोकिएको छ । यसअघि आइतबार नेप्से परिसूचक ३ दशमलव १४ अंकले घटेर २ हजार ५४३ दशमलव ३९ विन्दुमा पुगेको थियो । आज नेप्सेमा सूचीकृत २३०...
आज नेप्सेमा सामान्य गिरावट
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले गिावट आएको छ । आज नेप्से परिसूचक ३ दशमलव १४ अंकले घटेर २ हजार ५४३ दशमलव ३९ विन्दुमा पुगेको छ । गत साताको कारोबारको अन्तिम दिन ६३ अंकले घटेर शेयर बजार बन्द भएको थियो । आज नेप्सेमा सूचीकृत...
पेट्रोलियम पदार्थको भाउ बढ्यो
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम संचालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको...









