अर्थ/वाणिज्य

नेपालमा २० करोडको छाता भित्रियो

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०७८/०७९ को नौ महिनामा करिब २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा १९ करोड ९० लाख ६३ हजार रुपैयाँको १७ लाख ६३ हजार १२६ थान छाता नेपालमा भित्रिएको भन्सार विभागले जनाएको हो । विभागका अनुसार, नेपालमा छाता चीन,...

प्यान नम्बर लिनेको संख्या साढे ४६ लाख नाघ्यो

काठमाडौं । नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको संख्या साढे ४६ लाख नाघेको छ । २०७८ चैत्र मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएको अर्थ मन्त्रालयले जनाएको छ । मनलयका अनुसार, तीमध्ये १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा...

सोमबार शेयर बजारमा उच्च गिरावट

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । पछिल्लो समय शेयर बजारमा घटबढको उतारचढाव भइरहेको अवस्थामा आज नेप्से परिसूचक ४८ दशमलव ७३ अंकले घटेर २ हजार ३०७ दशमलव ४४ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९...

२ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी

काठमाडौं । सरकारले हालसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी गरेको जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हालसम्म २ लाख ३० हजार ५२७ थान विद्युतीय राहदानी जारी भइसकेको जानकारी दिएकी हुन् । उनले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा...

नेपालीको प्रतिव्यक्ति आय १३७२ डलर

काठमाडौं । नेपालको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्क विवरण अनुसार नेपालीको प्रतिव्यक्ति आय वाषिर्क १३७२ अमेरिकी डलर पुगेको हो । यो रकम गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा १६ हजार २२६ रुपैयाँ बढी हो । गत आर्थिक...

सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घट्यो

काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, बुधबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको...

बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयरबजार झिनो अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ५ दशमलव १७ अंकले बढेर २ हजार ३७६ दशमलव १७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच...

मोबाइलसहित यी १० प्रकारका सामान नेपाल भित्र्याउन रोक

काठमाडौं । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो । मन्त्रालयले असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएको हो । मन्त्रालयले कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी...

अपर सोलु हाइड्रोपावरले पायो आइपीओ जारी गर्ने अनुमति

काठमाडौं । अपर सोलु हाइड्रोपावरले आइपीओ जारी गनेृ अनुमति पाएको छ । उक्त हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्ने अनुमति पाएको हो । बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाएको हाइड्रोपावरले ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ निष्कासन गर्ने तयारी...

बुधबार शेयर बजारमा उच्च गिरावट

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ३६ दशमलव ७३ अंकले घटेर २ हजार ३२० दशमलव ५१ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता शेयर किनबेच...