दोहोरो अंकले घट्यो शेयर बजार

तु खबर संवाददाता
२०७९ श्रावण ३१,मंगलवार १७:१०

काठमाडौं । आज साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घट्न पुगेको छ । सोमबार एकाएक ५५ अंकले बढ्न पुगेको शेयर बजार आज २४ अंकले घटेको हो । आज नेप्से परिसूचक १.२० प्रतिशतले बढेर २०४१ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै सूचक आज राताम्य रहेका छन् । अघिल्लो सबै चम्किएको सबै सूचक आज घट्न पुगेका छ । सबैभन्दा बढी आज हाइड्रोपावर सूचक घट्न पुगेको छ ।