अर्थ/वाणिज्य

आज नेप्से १५ अंकले घट्दा १ अर्बमाथिको कारोबार

काठमाडौं । आज नेप्से परिसूचक १५ अंकले घटेको छ । बिहीबार झिनो अंकले वृद्धि भएको नेप्से परिसूचक शुक्रबार १५ दशमलव ८२ अंकले घटेर २२२३ दशमलव ७८ को विन्दुमा कायम भएको छ । यसअघि बिहीबार नेप्से ८ दशमलव ०३ अंकले बढेर २२३९ दशमलव ६० विन्दुमा कायम भएको थियो । यस्तै,...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा हेटौंडामा सिट्ठी जुलुस

मकवानपुर । पेट्रोलियम पदार्थ तथा खाना बनाउने ग्याँसको मूल्यवृद्धिको विरोधमा मकवानपुरको हेटौंडामा शुक्रबार सिट्ठी जुलुस निकालिएको छ । सरकारले निरन्तर मूल्यवृद्धि गरेको भन्दै एमाले निकट अनेरास्ववियु मकवानपुरले हेटौंडा बजारमा सिट्ठी जुलुस निकालेका हुन् । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा चरणवद्ध आन्दोलनमा आज सिट्ठी जुलुस प्रर्दशन गरेको हो ।...

बिहीबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पाँचौ दिन बिहिबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबार १४ दशमलव ३७ अंकले अंकले बढेको नेप्से परिसूचक आज ८ दशमलव ०३ अंकले बढेर २२३९ दशमलव ६० विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक ८ अंकले बढ्दा सूचीकृत २२२ कम्पनीको २३ लाख २०...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

काठमाडौं । पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि खुद्रा ढुवानी सेवा बन्द गरेको ढुवानी व्यवसायी सङ्घ वीरगञ्जले जनाएको छ । पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा बन्द गरिएको...

आज नेप्से १४ अंकले बढ्दा १ अर्ब ४ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको चौथो दिन शेयरबजार दोहोरो अंकले बढेको छ । अघिल्लो दिन १६ अंकले बढेको नेप्से परिसूचक आज १४ दशमलव ३७ अंकले बढेर २२३१ दशमलव ५७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब...

फेरी बढ्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमले फेरी पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य...

सरकारी कर्मचारीको तलब बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाउने तयारी गरेको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालका अनुसार, आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ । हाल अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको...

वृद्धभत्ता ६५ वर्षमै दिने सरकारको तयारी

काठमाडौं । सरकारले ६४ वर्ष पुगेका नेपाल नागरिकलाई सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) दिने तयारी गरेको छ । नेकप  एमाले नेतृत्वको सरकारले वृद्धभत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि त्यसलाई निरन्तरता दिन लागेको हो । मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान...

९ महिनामा ११ करोड ६३ लाखको चिउरा निर्यात

काठमाडौं । भन्सार विभागले चालू आर्थिक वर्ष २०७८/०७९ को ९ महिनामा नेपालबाट ११ करोड ६३ लाख रुपैयाँ बराबरको चिउरा निर्यात भएको जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत्रसम्ममा उक्त मूल्य बराबरको ३ लाख ६० हजार किलोग्राम चिउरा निर्यात भएको हो । नेपालबाट १० वटा मुलुकमा चिउरा निर्यात...

अब शुक्रबार पनि शेयर बजार खुल्ने

काठमाडौं । अब साताको शुक्रबार पनि धितो बजार (शेयर बजार) खुल्ने भएको छ । आगामी जेठदेखि लागू हुने गरी शेयर बजार खुल्ने भएको हो । यसअघि सातामा पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) मात्र खुल्दै आएको थियो । सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन विदा दिने...