अर्थ/वाणिज्य
वीरगञ्जको मुख्य सडकमा डोजर, अतिक्रमित संरचना हटाउन अभियान
काठमाडौं ।लामो समयदेखि रोकिएको वीरगञ्जको मुख्य सडक विस्तार कार्य आइतबार बिहानैदेखि सुरु गरिएको छ। सडक विभाग र सडक डिभिजन कार्यालयको समन्वयमा वीरगञ्ज महानगरपालिका र स्थानीय प्रशासनको सहयोगमा सडक क्षेत्रभित्रका संरचनामा डोजर चलाइएको हो।जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनाअनुसार बैशाख ६ गते बिहान साढे ४ बजेसम्म सडक मापदण्डभित्र पर्ने...
नेपाल खानेपानी संस्थानमा ठूलो संख्यामा कर्मचारी माग
काठमाडौं । नेपाल खानेपानी संस्थानले खुला तथा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी १५३ जनाका लागि दरखास्त आह्वान गरेको छ। काठमाडौंको त्रिपुरेश्वरमा प्रधान कार्यालय रहेको संस्थानले विभिन्न सेवा तथा समूहका पदहरूमा आवेदन खुलाएको हो। संस्थानले उपप्रबन्धक, सहायक प्रबन्धक, सिभिल इन्जिनियर, मेकानिकल इन्जिनियर, कम्प्युटर इन्जिनियर, कानुन अधिकृत, शाखा अधिकृत, सहायक अधिकृत,...
विद्युत प्राधिकरणले उद्योगीलाई बक्यौता तिर्न पठायो पत्र
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको महसुलअन्तर्गत बाँकी बक्यौता तिर्न उद्योगीहरूलाई पत्राचार गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार करिब १९ वटा उद्योगलाई एक साताअघि नै किस्ताबन्दीमार्फत बक्यौता भुक्तानी गर्न आग्रह गर्दै पत्र पठाइएको हो। उनले यो प्रक्रिया नियमित बक्यौता असुलीअन्तर्गतकै प्रयास भएको स्पष्ट पारे। शाक्यका...
तत्कालिन आयुक्त तिवारीविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गर्दै तिवारीले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाएको हो । आयोगका अनुसार तिवारीविरुद्ध १० करोड ५४ लाख ९५...
एक महिना नबित्दै हेटौँडा सिमेन्ट उद्योग पुनः बन्द
काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव देखाउँदै आज बिहानदेखि सिमेन्ट उत्पादन पूर्ण रूपमा रोकिएको छ। करिब एक महिनाअघि मात्र नियमित रूपमा सञ्चालनमा आएको उद्योग पुनः कोइला आपूर्तिमा समस्या देखिएपछि बन्द गर्न बाध्य भएको हो। आवश्यक कच्चा पदार्थको अभाव भएपछि उत्पादन प्रक्रिया स्थगित गरिएको हो। यसअघि उद्योगले करिब ३...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य
नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बृद्धि गरेको छ । निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३ गते ९बिहीबार० बिहान १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको जानकारी दिएको हो । नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको...
प्रधानमन्त्री शाह र मन्त्रिहरुको सम्पत्ति विवरण सार्वजनिक
प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री गुरुङसहितको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक प्रधानमन्त्री शाहको सम्पत्ति विवरण अनुसार, आमा ध्रुबदेवी साहको नाममा धनुषामा १.२ बिघा जग्गा महोत्तरीमा बुबा रामनारायण साहको नाममा ९ बिघा जग्गा रहेको उल्लेख छ । त्यस्तै श्रीमती सविना काफ्लेको नाममा १९०...
युद्धले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने आईएमएफको चेतावनी
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको दबाब घटाउन सबै मुलुकहरूले आपसी समन्वयका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् । न्युयोर्कमा आयोजित सन् २०२६ को वसन्त बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले एकल–एकल रूपमा लिइने आर्थिक निर्णय, निर्यात...
पूर्वसभामुख महरासहित २९ जनालाई भ्रष्टाचार मुद्धा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भएको सुन तस्करी र भ्रष्टाचार प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको विज्ञप्तिअनुसार, दुबईबाट लुकाई–छिपाई ल्याइएको करिब ८ हजार ४ सय ८० ग्राम सुन प्रकरणमा मुछिएका...
बैंक तथा वित्तीय संस्था पनि हप्तामा ५ दिन, बैंकिङ कारोबार ९ बजेदेखि ४ बजेसम्म
सरकारी कार्यालय र शैक्षिक संस्थाहरु हप्तामा दुई दिन बिदा दिने निर्णयपछि बैंक तथा वित्तीय संस्थामा पनि साताको दुई दिन बिदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्था पनि शनिबार र आइतबार बिदा हुने गरी निर्णय गरेपछि सोही अनुसार हुने भएको हो । त्यसैगरी केन्द्रीय बैंकले बैंकिङ...










