एक महिना नबित्दै हेटौँडा सिमेन्ट उद्योग पुनः बन्द
काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव देखाउँदै आज बिहानदेखि सिमेन्ट उत्पादन पूर्ण रूपमा रोकिएको छ। करिब एक महिनाअघि मात्र नियमित रूपमा सञ्चालनमा आएको उद्योग पुनः कोइला आपूर्तिमा समस्या देखिएपछि बन्द गर्न बाध्य भएको हो।
आवश्यक कच्चा पदार्थको अभाव भएपछि उत्पादन प्रक्रिया स्थगित गरिएको हो। यसअघि उद्योगले करिब ३ हजार मेट्रिक टन कोइला खरिदका लागि बोलपत्र आह्वान गरिसकेको छ।
कोइला आपूर्ति करिब दुई साताभित्र आइपुग्ने अनुमान गरिएको छ। आपूर्ति आएपछि परीक्षण नतिजाका आधारमा मात्र पुनः उत्पादन सुरु गर्ने समय तय गरिने उद्योगले जनाएको छ।
