विश्व विविध

अमेरिकाद्वारा आफ्ना नागरिकलाई युक्रेन छाड्न निर्देशन

काठमाडौं । अमेरिका सरकारले आफ्ना नागरिकहरुलाई युक्रेन छनड्न निर्देशन दिएको छ । रुस र युक्रेनबीच तनाव बढीरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको हो । अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारी, तिनका परिवारका सदस्य र अत्याश्यवक काम नभएका अन्य कर्मचारीहरुलाई युक्रेन छाड्न भनेको हो । युक्रेनमा रहँदै...

मिनी बसमा बम विस्फोट हुँदा ७ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । बम विस्फोट हुँदा चार महिलासहित सात जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । उक्त घटनामा नौ जना घाइते भएका छन् । इन्धन ट्यांकीमा जडान गरिएको बम विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ ।...

खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना

अस्ट्रेलिया । अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही फेब्रुबरी १ देखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो । अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् । सबै नागरिकले अनिवार्य...

अफगानिस्तानमा भूकम्पबाट २६ जनाको ज्यान गयो

काठमाडौं । अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको ज्यान गएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको ज्यान गएको समाचार एजेन्सी एएफपीले जनाएको छ । बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । तुर्कमेनिस्तानसँग सीमा जोडिएको यो...

हाइटीका राष्ट्रपतिको हत्या आरोपमा पूर्व सांसद पक्राउ

हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्याको मुख्य आरोपी रहेका पूर्व सांसदलाई जमैकाका अधिकारीहरूले पक्राउ गरेको छ । जोन जोयल जोसेफलाई जमाइकाको कन्साबुलेरी फोर्सले शुक्रबार पक्राउ गरेको हो । मोइसको गत ७ जुलाईमा हाइटी राजधानी पोर्ट एउ प्रिन्सस्थित निवासमा हतियारधारीहरूले हत्या गरेका थिए । लगत्तै राष्ट्रिय प्रहरीका प्रमुख लियोन चार्ल्सले जोसेफले...

नेपाली पासपोर्ट विश्वमै कमजोर सूचिमा

बेलायतको लण्डनमा रहेको विश्वव्यापी रुपमा नागरिकता तथा आवासीय विषयमा सुझाव दिने संस्था हेल्नी एण्ड पार्टनर्सले जारी गरेको सूचीमा नेपालको पासपोर्ट विश्वकै कमजोरमध्येमा परेको छ । हेन्ली एण्ड पार्टनर्सले सन् २०२२ का लागि जारी गरेको विश्वका विभिन्न देशका पासपोर्टको बरियता सूचीमा नेपालको पासपोर्ट पुछारबाट आठौँ स्थानमा परेको हो । पासपोर्टको...

न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा १९ जनाको मृत्यु

काठमाडौं । न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ । आगालागीमा परेर ९ बालबालिकासहित १९ जनाको मृत्यु भएको हो । अन्य ३२ जना घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको न्यूयोर्कका मेयर एरिक एडम्सले बताएका छन् । समाचार एजेन्सी एनबीसी...

भारतमा एकैदिन डेढ लाखभन्दा बढी कोरोना संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाभँइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो छ । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, सो अवधिमा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३२७ जनाको मृत्यु भएको छ...

हिमपातमा परेर २१ जनाको ज्यान गयो

काठमाडौं । उत्तरी पाकिस्तानमा हिमपातमा परेर कम्तिमा २१ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक जना प्रहरी, उनकी श्रीमती र ६ जना छोराछोरी छन् । साथै अर्को एकै परिवारका पाँच सदस्यको पनि सोही हिमपातमा परेर ज्यान गएको स्थानीय आकस्मिक सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पाकिस्तानको राजधानी...

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो

काठमाडौं । बेलायतमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना सङ्क्रमितको मृत्यु भएसँगै मृतकको कूल संख्या एक लाख ५० हजार ५७ पुगेको हो । बेलायतमा...