विश्व विविध
८० वटा देशका कलाकारहरुको सहभागितामा पोखरामा सांस्कृतिक महोत्सव हुने
काठमाडौँ । द वल्ड कल्चर आर्टिस एशोसिएसन नेपाल र सोजेएम इन्टरटेन्टमेन्ट नेपालको संयुक्त आयोजनामा पोखरामा उरल अल्टायिक ल्याङगोजेन हाङसोङ कल्चर फेस्टिवल हुने भएको छ । आगामी सन् २०२३ को डिसेम्बरमा १५ दिनसम्म चल्ने सो फेस्टिवलमा विश्वका ८० देशका गायक गायीका, ब्याण्ड, मोडलहरुले सहभागिता जनाउने एशोसिएसनका अध्यक्ष डम्बरबहादुर विसीले जानकारी...
भारतमा ढलको लाइनमा खसेर ४ जनाको मृत्यु
भारत । भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको छ । उनीहरुको मृत्यु भएको दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले बुधबार पुष्टि गरेका छन् । ती श्रमिकहरू पश्चिम दिल्लीको रोहिणी क्षेत्रमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी महानगर टेलिफोन निगम लिमिटेडको टेलिफोन र ब्रोडब्यान्ड केबल बिछ्याउँदै थिए । दुर्घटना मङ्गलबार...
नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार
काठमाडौं । नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको संख्या १७५ पुगेको हो । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसंघका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व...
रूस र युक्रेनबीच टर्कीमा वार्ता हुने
काठमाडौँ । रूस र युक्रेनबीच टर्कीमा वार्ता हुने भएको छ । दुबै पक्षका अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरे अनुसार टर्कीको इस्तानबुल सहरमा यसै साता वार्ता गर्ने गरी तयारी भइरहेको छ । गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण सुरू गरेको थियो। त्यसपछि दुई देशका अधिकारीहरूबीच बेलारूसको सीमामा...
अफगानिस्तानमा पुरुष साथमा नभए महिलाहरू हवाइजहाज चढ्न नपाउने
काठमाडौँ । अफगानिस्तानमा महिलाहरूलाई एक्लै हवाइजहाजमा यात्रा गर्न रोक लगाइएको छ । तालिबानले एकल यात्रा गर्ने महिलाहरूलाई उडानमा रोक लगाएको समाचार त्यहाँका सञ्चारमाध्यमहरुले प्रकाशन गरेका छन् । तालिबानले पुरूष आफन्तबिना एक्लै यात्रा गर्ने सम्पूर्ण महिलालाई रोक्न अफगानिस्तानस्थित काबुल एयरलाइन्सलाई आदेश दिएको छ । तालबानीहरूले आइतबार नै एक्लै यात्रा गरिरहेका...
अष्ट्रेलिया प्रवेश गर्न पीसीआर रिपोर्ट नचाहिने
काठमाडौँ । अष्ट्रेलिया प्रवेश गर्न पीसीआर रिपोर्ट नचाहिने भएको छ । अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले विदेशी यात्रुले अष्ट्रेलिया प्रवेश गर्नुअघि पीसीआर परीक्षणको व्यवस्था हटाइएको जानकारी दिएका छन् । कोरोना भाइरसविरुद्ध खोपको तीव्रतासँगै महामारीको जोखिम कम भएको अनुमानसहित नयाँ व्यवस्था गरिएको बताइएको छ । पीसीआर रिपोर्ट अनिवार्य नभएपनि मास्कको प्रयोगलाई...
चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडौं । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी आज नेपाल आउँदैछन् । विदेशमन्त्री वाङ जी तीन दिने भ्रमणका लागि आज नेपालमा आउन लागेका हुन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन्...
नेपालको कुटनीतिक सम्बन्ध १७४ देशमा विस्तार
काठमाडौं । नेपालको कुटनीतिक सम्बन्ध १७४ देशमा विस्तार भएको छ । सोमबार नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या १७४ पुगेको हो । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई...
रुसले अमेरिकी राष्ट्रपति र विदेशमन्त्रीमाथि प्रतिबन्ध लगायो
काठमाडौं । रुसले अमेरिकी राष्ट्रपति जो बाइडन, विदेशमन्त्री एन्टोनी ब्लिंकन लगायतमाथि प्रतिबन्ध लगाएको छ । रुसले राष्ट्रपति बाइडन, विदेशमन्त्री ब्लिंकन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईए प्रमुख विलियम बन्र्समाथि प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले जनाएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमी...
कोरियामा रहेका गोरखालीहरुलाई गोरखा परिवारको सदस्यता लिन आह्वान
सउल, दक्षिण कोरिया । नेपाल गोरखा परिवार दक्षिण कोरियाले यहाँ बसोबास गर्ने श्रमिक, विद्यार्थी तथा विभिन्न पेशा व्यवसायमा आवद्ध नेपालीहरुलाई आफ्नो साधारण तथा आजीवन सदस्यता लिनको लागि अनुरोध गरेको छ । उसले गोरखा जिल्ला स्थायी घर भई हाल कोरियामा बस्दै आएका नेपालीहरुलाई सदस्यता लिनको लागि आह्वान गरेको हो ।...










