विश्व विविध

पोर्चुगलमा एक नेपालीको मृत्यु

चितवन । वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल पुगेका एक नेपालीकाृ मृत्यु भएको छ । विगत ४ वर्षदेखि पोर्चुगल बस्दै आएका चितवनको भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको मृत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अनुसार, सुवेदीको गत शनिबार ग्वारडास्थित घर नजिकैको तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु...

इटालीमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । इटालीका अधिकारीहरुले शनिबार हराएको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । शनिबार बिहानदेखि सात जना यात्रु बोकेर एयर ट्राफिकबाट बेपत्ता भएको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । शनिबार साँझ सो हेलिकोप्टर फेला परेको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको उद्धारमा खटेका अधिकारीहरुले जनाएका छन् ।...

पब्जी खेल्न नदिएको रिसमा गोली हानेर आमाको हत्या

काठमाडौं । भारतका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको रिसमा आफ्नै आमाको हत्या गरेका छन् । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो । भारतको समाचार एजेन्सी पीटीआईका अनुसार, गत आइतबार बिहान ३ बजेतिर पबजीको लतमा रहेका छोराले आमाको हत्या गरेका हुन् । भारतीय समाचार अनुसार,...

इरानमा १२ जनालाई सामूहिक मृत्युदण्ड

काठमाडौं । इरानको दक्षिण पूर्वको जेलमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड दिइएको छ । मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागूऔषध वा हत्याको आरोपमा दोषी ठहर भएका ११ पुरुष र एक महिला गरी १२ जनाको सामूहिक मृत्युदण्ड दिइएको एक गैरसरकारी संस्थाले जनाएको छ । उनीहरुलाई सोमबार बिहान अफगानिस्तान र...

भारतमा ४२५७ जनामा कोारेना संक्रमण पुष्टि

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २५७ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । यो गत ८ मार्चपछिकै सर्वाधिक तथ्यांक हो । त्यतिबेला ४ हजार ५७५ कोरोना संक्रमित भेटिएका थिए । यसअघि यही महिना कोरोना संक्रमितको संख्या ४ हजार नाघेको थियो । जुन २ मा ४ हजार...

अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा २१ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्ने टेक्सासको युभाल्ड सहरस्थित इलेमेन्टरी विद्यालयमा पसेर एक १८ वर्षिय किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । टेक्सस राज्यस्थित एक प्राथमिक...

श्रीलंकामा कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

श्रीलंका । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, पनि हिंसा रोकिएको छैन ।...

श्रीलंकामा फेरी आपतकाल घोषणा

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् । सरकार विरोधी प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् । सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताए । देशको आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग...

युक्रेनमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौं । पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । एउटा बस, कार र इन्धन बोकेको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको हो । आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए । ‘बस, कार र...

मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ८ जनाको मृत्यु

काठमाडौं । फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेर नष्ट हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएका हुन् । क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा...