विश्व विविध
प्रधानमन्त्री देउवा र विदेशमन्त्री लबीच भेटवार्ता
काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका दक्षिण एशिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा गएर शुक्रबार अपरान्हमा देउवासँग भेटवार्ता गरेका हुन। लुसँगको भेटपछि प्रधानमन्त्री देउवाले मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धनबारे विचार आदानप्रादन भएको भन्दै खुसी व्यक्त...
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउने भएका छन् । लु साँझ नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो...
सुडानको जातीय हिंसामा १०५ जनाको मृत्यु, २९१ जना घाइते
काठमाडौं । सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु भएको छ भने २९१ जना घाइते भएका राज्यका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् । इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच झडप भएको थियो । सोही क्रममा १०५ जनाको...
अमेरिकाको एक मलमा गोली चल्दा तीन जनाको मृत्यु
काठमाडौं । अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको सो घटनामा अन्य तीन जना घाइते भएका छन् । ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले एक विज्ञप्ति गर्दै सो बारे जानकारी दिएका हो । ग्रीनवुड पुलिसले आफ्नो फेसबुक पेजमा उक्त घटनाका प्रत्यक्षदर्शीलाई आवश्यक...
पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उक्त दुर्घटनामा परेर खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाको...
भारी वर्षा र बाढीका कारण भारतको गुजरातमा ६३ जनाको मृत्यु
काठमाडौं । भारतमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण गुजरातमा पछिल्लो २४ घण्टामा ६३ जनाको मृत्यु भएको छ । बाढी प्रभावित १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा पुर्याएको छ । ८ जिल्लामा रेड अलर्ट जारी गरिएको छ । मध्य प्रदेश र कर्नाटकमा...
बेलायतले १० हजार युक्रेनी स्वयंसेवीलाई युद्ध तालिम दिने
बेलायत । बेलायतको रक्षा मन्त्रालयले युक्रेनी सेनामा सेवा गर्न चाहने सैन्य अनुभव नभएका झण्डै १० हजार स्वयमसेवीलाई आगामी महिनादेखि तालिम दिने जनाएको छ । केही हप्ता लामो यो तालिम बेलायतमै लगेर दिने भएको हो । ब्रिटिश नेतृत्वको यस नयाँ कार्यक्रममा १०५० बेलायत सैनिकले युक्रेनी स्वयंसेवकलाई तालिम दिनेछन् । तालिम...
जम्मु कश्मीरको अमरनाथमा आँधी, १६ जनाको मृत्यु
काठमाडौं । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार साँझ अकस्मात आँधी र वर्षा १६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनँएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । र्षापछि अर्को...
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । ६७ वर्षीय आबेको शुक्रबार गोली प्रहारबाट मृत्यु भएको हो । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल...
अमेरिकाको शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको भएको छ भने कम्तीमा २४ जना घाइते भएका छन् । एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा पसलको छतबाट परेडमा गोली चलाएका थिए । गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ ।...






