विश्व विविध
आज ४५०० उडान रद्ध
काठमाडौं । विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दाबढी विमान उडान रद्ध भएका छन् । अत्यधिक धेरै यात्रा हुने दिनका रुपमा समेत चिनिने क्रिसमसका दिन शनिवार यति धेरै विमान सेवा रद्ध भएको अधिकारीले जनाएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण थप फैलिने...
बेलायतमा एकैदिन एक लाखभन्दा बढी संक्रमित थपिए
काठमाडौं । बेलायतमा बिहिबार एकैदिन झण्डै एक लाख २० हजार संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गएको २४ घन्टामा थप एक लाख १९ हजार ७८९ जना संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड १७ लाख...
भारतको केरलामा भारतीय जनता पार्टीका दुई नेताको हत्या
काठमाडौँ । भारतको केरला राज्यमा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो त्यहाँका संचारमाध्ययमहरुले जनाएका छन् । केरलको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का प्रान्तीय सचिव केएस शानको हत्या भएको हो । शानको हत्या भएको...
विवाहमा जान लागेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, कैयौँ घाइते
पाकिस्तान । पाक्स्तिानमा एक विवाहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार ९ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर अन्त कैयौँ व्यक्ति घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । शुक्रबार राति पञ्जाब प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो । विवाहको भोजमा सहभागी हुन...
६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन क्वारेन्टिन बस्नुपर्ने
काठमाडौँ । अफ्रिकी देशहरुबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिन थालेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ वटा मुलुकबाट नेपाल आउने यात्रुलाई ७ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने गरी नियम लागु गरिएको जनाएको छ । मन्त्रिपरिषद्को मंसिर १३ को...
फिलिपिन्समा राइ आँधीबाट हजारौं विस्थापित
काठमाडौँ । दक्षिणी फिलिपिन्समा तीव्र गतिमा विकसित आँधीका कारण हजारौं मानिसलाई सुरक्षित क्षेत्रतर्फ सारिएको छ। राइ नाम दिइएको सो आँधी जमिनमा ठोकिनुअघि हजारौं मानिसलाई सुरक्षित क्षेत्रतर्फ सारिएको हो । आँधी आउनुअघि मिन्डानाओको सुरिगाओबाट ५१ हजार, पूर्वी प्रान्त समारबाट ३० हजार र दक्षिणी तटीय शहर तानडागबाट ३६ सय ६८ परिवारलाई...
मलेसियामा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु
काठमाडौं । मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । मलेसियाको दक्षिणी क्षेत्रमा भएको दुर्घटनामा परेर इन्डोनेसियाका ११ जनाको मृतयु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । घटनामा परेका अरु २७ जना अझै पनि बेपत्ता भएका छन् । बेपत्ता भएका मध्ये अधिकांश इन्डोनेसियाका रहेका छन्...
बेलायतमा पहिलो पटक ओमिक्रोनबाट एक जनाको मृत्यु
काठमाडौं । बेलायतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ओमिक्रोनबाट मृत्यु भएको यो पहिलो घटना हो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मृत्युको पुष्टि गरे । लण्डनको एक खोप केन्द्रको भ्रमणको क्रममा प्रधानमन्त्री जोन्सनले ओमिक्रोनको संक्रमणलाई हल्का ढंगले नलिन आह्वान गरे । उनले भने, दुःखको...
बेलायतमा एकैदिन १२ सय ओमिक्रोनका संक्रमित भेटिए, आपतकाल घोषणा
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन् । जोनसनले नयाँ ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि आपतकाल घोषणा गरेका हुन् । जोनसनले ओमिक्रोनको व्यापक लहर आउन लागेको भन्दै आपतकाल घोषणा गरेको बीबीसीले जनाएको हो । ‘ओमिक्रोनको भीषण लहर आउने कुरामा कसैले पनि शंका गर्नु हुँदैन’, टेलिभिजनमा सम्बोधन...
‘ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा संक्रामक’
काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा संक्रामक भएको जनाएको छ । आइतबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले डेल्टा भेरियन्टभन्दा ओमिक्रोन संक्रामक भएको र खोपको प्रभावकारिता घटाउने जनाएको हो । तर, प्रारम्भिक तथ्यांकबाट डेल्टाको तुलनामा ओमिक्रोनका लक्षण कम गम्भीर रहेको पनि डब्ल्यूएचओले प्रष्ट पारेको छ...








