राष्ट्रिय सभामा युवराज खतिवडा कि वामदेव गौतम ?

तु खबर संवाददाता
२०७७ भाद्र १८, बिहीबार १६:१९
file-photo

 

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ । बिहान ११ बजेका लागि तय गरिएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो ।

गत भदौ १३ गतेका लागि तय भएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि बिहीबार बोलाइएको हो ।

बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने नेताहरुले बताएका छन् ।

त्यसबाहेक बैठकमा राष्ट्रिय सभाको रिक्त एकजना मनोनित गर्ने एक सदस्य पदमा कसलाई लैजाने भन्नेबारे समेत निर्णय छलफल गर्ने नेताहरुको तयारी छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच युवराज खतिवडा कि वामदेव गौतम भन्नेमा एकमत हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*