प्रदेशसभा बैठक सुरु, आज राजधानी टुंगिने (हेर्नुहोस लाइभ)

तु खबर संवाददाता
२०७६ पुष २७, आईतवार ०९:४१

हेटौंडा, २६ पुस । प्रदेश ३ सभा बैठक आज पनि बस्दैछ । प्रदेश ३ को राजधानी र नामकरण आज बस्ने बस्ने प्रदेशसभा बैठकले टुंगो लगाउँदै छ ।

राजधानी र नामकरण आज हुने मतदान प्रक्रियाबाट टुंगो लगाइन लागिएको हो । शनिबारको प्रदेशसभा बैठकमा राजधानीका लागि हेटौंडा र धुलिखेलको प्रस्ताव पेश भएको छ भने नाममा वागमतीको मात्र प्रस्ताव पेश भएको छ ।

राजधानीका लागि हेटौडाको प्रस्तावकमा मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ र नेमकिपाका सुरेन्द्र लाल गोसाईं रहेका छन् ।

यस्तै राजधानी धुलिखेलको प्रस्तावकमा विवेकशिल साझाका रमेश पौड्याल रहेका छन भने समर्थकमा शोभा शाक्य र विरजभक्त श्रेष्ठ रहेका छन् ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*