कांग्रेस सांसदले भनेः मुटुमाथि ढुंगा राखी हाँस्नु पर्दैन, छाती माथि हात राखेर निर्णय गर्नुस्

तु खबर संवाददाता
२०७६ पुष २४, बिहीबार १६:४४

हेटौंडा, २४ पुस । हेटौंडामा जारी प्रदेशसभा बैठकमा बोल्दै कांग्रेस सांसद निमा लामाले मुटु माथि ढुंगा राखी नहास्न बरु छाती माथि हात राखेर राजधानीको विषयमा निर्णय आग्रह गरेका छन् ।

हिजो संसदमा बोल्ने काभ्रेबाट निर्वाचित सदस्य बसुन्धारा हुमागाईंले राजधानीको विषयमा निर्णय गर्न सकस परिरहेको सन्दर्भ कोट्याउँदै मुटु माथि ढुंगा राखी हास्नु पर्या छ भनी बोलेको विषयलाई सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेश सदस्य लामाले जोड्दै आज यस्तो बताएका हुन् ।

लामाले बैठकमा बोल्दै राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदन ढुसी लागेपछि छलफलमा ल्याएको भन्दै व्यङ्ग्यसमेत गरेका छन् ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*