महान्यायाधिवक्ताको निर्णयप्रति ओलीको प्रश्न: हिनामिना कसले तिर्छ

तु खबर संवाददाता
२०८२ माघ १, बिहीबार १८:२०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयप्रति कडा आपत्ति जनाएका छन्।बिहीबार काठमाडौंमा आयोजित ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका संघर्ष पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महान्यायाधिवक्ताको कार्यालय एकपछि अर्को काण्डमा मुछिँदै इतिहाससम्मका लागि कलंकित भएको टिप्पणी गरे।

उनले भने, आज नेपालमा कानुन लाग्दैन, मुद्दा लाग्दैन। कसैले सम्पत्ति हिनामिना गरे पनि मजाले खान पाइन्छ। हिजो गल्तीले मुद्दा परेछ भने पनि माफी मिनाहा हुन्छ, अभियोग परिवर्तन गरिन्छ, अभियोगबाट बरी गरिन्छ र चुनावमा हिरो बनाएर अगाडि सारिन्छ।महान्यायाधिवक्ताको कार्यालयले रवि लामिछानेविरुद्धका गम्भीर अभियोग फिर्ता लिने निर्णयलाई उनले ‘कानुनी विचलन’ को निरन्तरता भने। “महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि लज्जाको विषय बनेको छ। यस्तो पनि हुन्छ?” भन्दै उनले प्रश्न गरे।

अध्यक्ष ओलीले महान्यायाधिवक्ता सविता भण्डारी बरालमाथि पनि काण्डमाथि काण्ड आइरहेको आरोप लगाए। “डिम्ब कारोबार बिर्सियौं भन्यो, फेरि अर्को काण्ड आउँछ। अहिले अभियोग परिवर्तन र मुद्दा फिर्ताका काण्ड आइरहेकाउनले वर्तमान राजनीतिमा दुई धारबीच संघर्ष चलिरहेको दाबी गर्दै प्रतिक्रियावादी शक्तिहरू नेपालमा नेपालीको सरकार बन्न नदिन लागिरहेको आरोप लगाए। “हामी नेपालीकै सरकार चाहन्छौं, विदेशीको सरकार होइन,” उनले भने, “नेपाली सरकार, नेपाली अर्थतन्त्र र संस्कृतिको कुरा गर्नेहरूमाथि आक्रमण भइरहेको छ।”

कार्यक्रममा पिस्कर काण्डका सन्दर्भमा चर्चा गर्दै तत्कालीन पञ्चायती सरकारले परिवर्तनको पक्ष लिएको आरोपमा वीरबहादुर थामी र इले थामीको हत्या गरिएको प्रसंग स्मरण गरियो। सो अवसरमा मेघनाथ पौडेललाई सम्मानसमेत गरिएको थियो।