भारतीय सचिव मिस्री र प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
दुई दिने भ्रमणमा आएका विदेश सचिव मिस्री र प्रधानमन्त्री ओली आइतबार अपराह्न भेटवार्ता भएको हो । उनीहरुलाई सिंह दरबारस्थित प्रधानमन्त्री कार्यालय भेटवार्ता गरेका हुन् ।
सो क्रममा विदेश सचिव मिस्रीले नेपाल र भारतको सभ्यतागत, घनिष्ठ र बहुआयामिक सम्बन्धमाथि जोड दिएका थिए ।
यसैगरी, द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रलाई गति दिने विषयमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
विदेश सचिव मिस्री परराष्ट्र मन्त्रालयको नियन्त्रणमा आइतबार नेपाल भ्रमणमा आएका हुन् । उनी भोलि सोमबार स्वदेश फर्कने कार्यसूची रहेको छ ।
