रास्वपाद्वारा विपद् व्यवस्थापनबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापनबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।
राप्रपाले विपद् व्यवस्थापनबारे पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्कट पूर्व तयारीको माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।
सोमबार दर्ता गरिएको उक्त प्रस्तावमा रास्वपा सांसद तोसिमा कार्की प्रस्तावक र सन्तोष परियार, गणेश पराजुली, असिम शाह, विराजभक्त श्रेष्ठ, निशा डाँगी र विन्दवासिनी कंसकार समर्थक रहेका छन् ।
प्रस्तावमार्फत् उनीहरूले जनताको जीवन सुरक्षाको दायित्व बहन, मौलिक हक–अधिकार निश्चित गर्नुपर्ने, आकस्मिक स्वास्थ्य सङ्कटको अवस्था हुन सक्ने भन्दै त्यसबारे संसद्मा छलफल गर्नुपर्ने माग गरेका छन् ।
