घनश्याम भुसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
उनले आज विहान पत्रकार सम्मेलनमार्फत् प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका हुन् । आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने उनले बताए ।
उनले गठबन्धनको सहयोगमा उम्मेदवार बने पनि उनले आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गरेका छन् । सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही– १ माओवादीको भागमा परेको थियो । माओवादीले आफ्नै चुनाव चिह्नबाट चुनाव लड्न अनुरोध गरे पनि उनले अहिले आफू स्वतन्त्रकै रुपमा लड्ने जानकारी दिए ।
