गाडी चलाउँदा बेहोस भएपछि नेता भुसाल अस्पताल भर्ना
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । तीनकुनेस्थित पार्टी कार्यालय जाँदै गर्दा भुसालको स्वास्थ्यमा समस्या आएको हो ।
भुसाललाई बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । ड्राइभर साथै राखेर गाडी चलाइरहेका भुसाल एक्कसी बिरामी परेका हुन् ।
