दिउँसै लुटियो २ लाख रुपैयाँ

तु खबर संवाददाता
२०७९ श्रावण ९, सोमबार १७:३५

जनकपुरधाम । जनकपुरधाममा सोमबार दिउँसो बैंकबाट रकम झिकेर फर्किदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटिएको छ । जनकपुरधाम वडा नम्वर १ निवासी शर्मिला यादव मिल्स एरियास्थित एभरेष्ट बैंकबाट २ लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले उक्त रकम लुटेर भागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, साउदीमा रहेका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै एउटा मोटरसाइकलमा आएका दुई जनाले रकम भएको भोला नै हातबाट लिएर भागेको शर्मिलाले बताइतन् । उक्त झोलामा २ लाख रुपैयाँ, नागरिकता, बैंक सम्बन्धी कागजात र थप ५ सय रुपैयाँ थियो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।