मकवानपुरगढीमा जसपाका उम्मेदवार गोलेले लामिछानेलाई समर्थन
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ मा जसपाका वडा अध्यक्षका उम्मेदवार रामबहादुर गोलेले नेपाली कांग्रेसका उम्मेदवार देवनारायण लामिछानेलाई समर्थन गरेका छन् । गोलेले मंगलबार आफ्नो उम्मेदवार दर्ता भएता पनि देवनारायण लामिछानेलाई समर्थन दिदैं विजयी गराउने प्रतिवद्धता व्यक्त गेका हुन् ।
वडाको विकासको लागि कांग्रेसले नै जित्नुपर्छ भन्दै आफुले लामिछानेलाई समर्थन गरेको बताएका छन् । वडाको उपसभापति केशव तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र १ का संघीय सदस्य सन्तोष परियारको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममै नेकपा एकीकृत समाजवादीका नवीन तिमल्सिनाले पनि लामिछानेलाई जिताउने अभियानमा सरिक भएका छन् ।
अध्यक्ष पदका उम्मेदवार देवनारायण लामिछाने, वडा सदस्य पदका उम्मेदवारहरु तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । सत्तारुढ दलको गाउँपालिकामा गठबन्धन भएता पनि ४ नम्वर वडामा मित्रवत् प्रतिस्पर्धामा उम्मेदवारहरु रहेका छन् ।
