सात वटै प्रदेशका लागि स्वास्थ्य विभागले माग्यो कर्मचारी
काठमाडौं । स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९) प्रतिकार्यका लागि कर्मचारी माग गरेको छ । कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि ८ जना कर्मचारी माग गरिएको जारी सूचनामा उल्लेख छ ।
सातै वटै प्रदेश एक/एक जना र एक जना व्यवस्थापन महाशाखाका लागि गरी आठ जना कर्मचारी माग गरेको हो । शुक्रबार जारी सूचनामा फार्मेसी वा जनस्वास्थ्य विषयमा स्नातक गरेको वा फार्मेसी विषयमा डिप्लोमा पास गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्ष कार्याअनुभव भएकाहरुले १० दिनभित्र आवेदन दिन सकिने उल्लेख गरिएको छ ।
