टी– २० विश्वकप ग्लोबल क्वालिफायरः आज नेपाल र क्यानडा भिड्दै

तु खबर संवाददाता
२०७८ फाल्गुन ९, सोमबार ०८:४१

काठमाडौँ । ओमानमा जारी आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तरगत नेपाल र क्यानडाबीच आज खेल हुँदैछ । समूह चरणको अन्तिम खेल नेपालले क्यानडासँग खेल्न लागेको हो । खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३ः४५ बजे सुरु हुनेछ ।

नेपालले आजको खेलमा क्यानडालाई पराजित गरेमा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले र फिलिपिन्सलाई १३६ रनले पराजित गरेको थियो । नेपाल ४ अंक जोडेर शीर्ष स्थानमा छ । क्यानडा र ओमान समान २ अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा छन् ।